back
NMB ad

अर्थतन्त्रमा रेमिट्यान्सको योगदान !

Kumari bank ad

विरबल खडका, दोहा । विश्व अर्थतन्त्रमा रेमिट्यान्सबाट देशको अर्थव्यवस्था चलाउने राष्ट्र मध्य नेपाल पनि एक हो।अहिलेसम्म सरकारले १ सय भन्दा बढी मुलुकमा रोजागारीका लागि जान अनुमति खुला गरेको छ ।

त्यसबाहेक थुप्रै मुलुकमा दलालमार्फत, आफ्नै प्रयासमा र भ्रमण भिसामा गएर रोजगारी गर्ने क्रम बढ्दो छ । वैदेशिक रोजगारमा औपचारिक रूपमा मात्रै नगएकाले विदेशमा रहेका नेपालीको यकिन तथ्यांक कुनै निकायमा छैन ।

अनौपचारिक अनुमानअनुसार झन्डै ४० लाख बढि नेपाली विदेशमा कार्यरत रहेकाछन् । तीमध्ये आधाभन्दा बढी श्रम स्वीकृतिबिना गएकाहरू छन्।

नेपाली युवाहरुलाई बिदेश पठाउनको लागि नेपाली दलालहरुले बिदेशी रोजगारदाताहरु सग मिलेर अनेकौ बहानामा वैदेशिक रोजगारीमा जाने नेपालीलाई अनेकौ शिर्षकमा मटो रकम असुल्ने गरेका छन् जुन सामान्य जीवन स्तरका युवाहरुलाई मंगो हुन जान्छ तसर्थ दालालहरुको मिले महतोमा अबैधानिक बाटोबाट सरकार तथा सम्बन्धित निकायको आखा छलेर लैजाने प्रबृत्ती पनि उत्तिकै छ जसले गर्दा हजारौं नेपालीले बिदेशमा विभिन्न समस्या सग जुद्धन पर्ने देखि मृत्यु सम्मको क्षेति भोग्नु परेको छ।

 

तसर्थ हाम्रो जस्तो मुलुकबाट रोजगारमा जानेहरुलाई नीति नियम कडाई गर्नु र उनिहरुको बैदेशिक रोजगार सुरक्षित गर्नु पहिलो जिम्मेवारी भएको छ यसरी रेमिट्यान्सबाट निर्भरता हुँदै गरेका हामीले पहिलो ध्यान धन कमाउन जानेको जीवन सुरक्षाका पनि ध्यान दिनु त्यतिनै जरुरी छ।साथै सक्छौ युवा बिदेश नपठाउ सक्दैनौ अहिले जुन किसीम बाट फ्रि भिषा फ्रि टिकटलाई थप व्यबस्थापन गर्ने देखि सिपमुलक दक्षता बढाएर मात्र बिदेशमा आफ्ना युवा पठाऊ।

अहिलेको समयलाई मध्यनजर गर्दा सम्पूर्ण विश्वजगतनै कोरोना महामारीको युद्धमा लडीरेको समयमा नेपाल लगाएत नेपालीका श्रम गन्तव्यका मध्यपुर्बका अरब राष्ट्र लगाएत मलेसिया युरोप र अमेरिका समेत अस्तव्यस्ततामा रहेको हुदा विश्व अर्थतन्त्रमा सिदा असर परे सगै धेरैले आफ्नो रोजगार गुमाएका छन र धेरै नेपालीहरु स्वदेश फर्कि सके भने कति फर्कने शिल शिलामा छन जसको असर नेपाल भित्रिने रेमिट्यान्समा मात्र हैन अब बिदेशबाट रोजगार गुमाएर फर्कनेहरु सगै बेरोजगारपनि बढ्ने छ सबैकुराको व्यबस्थापन गर्न तीनै तहको सरकार कार्यबिभाजन सहित लागेर उत्पादन क्षेत्रमा उपयोग गर्नेु अहिलेको समस्याको एक मात्र समाधान हो।

देशको ठुलो हिसा रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिदै आएको छ । एक तथ्यांकअनुसार आर्थिक वर्ष ०७६र०७७ मा ३ खर्व ४अर्ब ९७ करोड सम्म रेमिट्यान्स भित्रिएको थियो भने चालु आर्थिक बर्ष २०७७/७८ को पहिलो महिना अर्थात साउन महिनामा नेपालको विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको छ ।

गत आबको सोही अबधिमा २ प्रतिशतले मात्र बढेको रेमिटान्स कोरोनाका कहरबीच पनि चालू आबको पहिलो महिनामा २३ प्रतिशतले बढ्दै ९२ अर्ब ७१ करोड रुपैयाँ भित्रिएको छ । कारोबार गर्ने विभिन्न बैंक,ट्रान्सफरहरू र व्यक्तिसमेत यसको कारोबारमा लागेका छन् ।

 

नेपाल राष्ट्र बैंकको एक सर्भेक्षणअनुसार विदेशबाट आउन रेमिट्यान्स मध्य करिब ७४५ बैंक,बित्तीय संस्था र विभिन्न मनी टार्नसफर बाट र बाँकी २६५ हुन्डीलगायतका माध्यमबाट आउँछ ।

कतिपयले छिटो घर पुग्ने भनेर विश्वासको भरमा हुन्डीको माध्यमबाट पनि आफ्नो कमाइ पठाउने गरेका छन् । तर कुनै दरिलो प्रमाणको अभावमा व्यक्तिगत चिनाजानीले गरिने यस्तो कारोबार जोखिमपूर्ण हुनसक्छ। यसरी मुलुकको अर्थव्यबस्थालाई चलायमन बनाएको बैदेशिक रोजगारी अब केही सम्म खुम्चिने निश्चित नै छ।

रेमिट्यान्सले धेरै घर परिवारमा खुसी ल्याए पनि सही सदुपयोग भने भएको पाइएको छैन । रेमिट्यान्सको ठूलो मात्रा घरखर्च चलाउन प्रयोग भइरहेको अनुमान छ । यसबाहेक घर–घडेरी खरिद, गाडी, कम्प्युटर, मोबाईल, गरगहनालगायतमा यो रकम खर्च भएको छ । यसरी हेर्दा रेमिट्यान्सको रकम उत्पादनमूलक क्षेत्रमा खर्च हुन सकेको छैन । रेमिट्यान्सको ठूलो अंश अनुत्पादक, विदेशी उपभोग्य र विलासिताका वस्तुको खरिदमा खर्च हुँदा यसले राष्ट्रिय अर्थतन्त्रमा कुनै योगदान दिन सक्दैन ।

रेमिट्यान्सले मुलुकभित्र उत्पादन बढाउनु वा मुलुकभित्रका उत्पादनका माग सिर्जना गर्नुको सट्टा विदेशको वस्तुको माग बढेकाले आयात व्यापार तीव्र रूपमा बढ्दै गएको छ ।

नेपालको वैदेशिक व्यापार धान्ने नसक्ने अवस्थामा पुगेको छ । यसले गर्दा व्यापार घाटा बढ्दो क्रममा छ किनकी हामी सबै आयतमुखी हुँदै गएका छौ।

रेमिट्यान्सलाई हामीले समयमै उत्पादनमूलक क्षेत्रमा दिर्घकालीन उपयोग नगर्दा आर्थिक स्थायित्व आउने नसकेको कुरा पछील्लो समयमा कोरोना महामारी सगै वैदेशिक रोजगारले घर चलाएकालाई पूरा असर पारेको देखिन्छ यसर्थ रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु आवश्यक छ । विदेशमा कमाउन गएका हरेक नेपालीको मुलुकप्रति पनि दायित्व हुन्छ ।

यसको अर्थ कमाएको रकम मुलुकलाई दिनुपर्छ भन्ने हैन । उनीहरूले त्यो रकम उत्पादनमूलक क्षेत्रमा लगानी गरेर फाइदा लिन सक्छन् र यसमा राज्यले ध्यान दिदै यसको व्यवस्थापन गर्दै रेमिट्यान्सको निर्भरतालाई काम गर्दै अर्थ व्यवस्थालाई चलायमान बनाउनु पर्छ मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि,पशुपालन निर्माण व्यापार पर्यटन सबैमा यसको योगदानलाई थप फराकिलो बनाउदै अहिलेको रेमिट्यान्सको उपयोग वाटनै यसको बिकल्पको तयार गर्न र रेमिट्यान्समा निर्भर अर्थव्यबस्थालाई हटाउन सकिन्छ र आज राज्य तथा सम्बन्धि निकायहरुले पनि बिदेशबाट आउने रेमिट्यान्सलाई उत्पादनमूलक उधोगमा लगाउने वातावरण बनाईदिने र बर्षौ बिदेश बसेस फर्कदै गरेका हेरक युवालाई पुन फेरी तिनै आवश्यकताले नसाताहोस यसका लागि राज्य सञ्चालनमा मात्र रेमिट्यान्सको उपयोग नगरी राज्यले नागरिकको आर्थिक अवस्थामा सुधार हुने र रोजगार तथा सेवा सिर्जान गर्न सक्ने बनाईयोस ताकी यसमा सबैको ध्यान पुगोस।

वि.सं.२०७७ असोज २० मंगलवार ११:०४ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...