back
NMB ad

मासिक शुल्क नलिने निजी विद्यालयको निर्णय !

Kumari bank ad

दोलखा । दोलखाका निजी विद्यालयले ५ महिनाको शुल्क नलिने जनाएको छ ।

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) दोलखाका अनुसार जिल्लाभर रहेका ३३ वटा बोर्डिङ स्कुलले वैशाख महिना देखि भदौ महिना सम्मको कुनै पनि शुल्क नलिने भएको हो ।

असोज ७ गतेबाट दोलखाका विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै यो निर्णय गरिएको प्याब्सन दोलखाका अध्यक्ष पर्वत थापाले जानकारी दिनुभयो ।

यो अवधिमा विद्यार्थीले कुनै पनि माध्यमबाट कक्षा लिन नपाएकाले मासिक शुल्क लगाएतका शुल्क नलिने निर्णय गरेको थापाको भनाइ छ ।

असोज महिना यता भने जिल्लाका अल्पाइन पब्लिक स्कुल, द राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल, माउन्ट भ्याली एकेडेमी, एपेक्स इन्टरनेशनल बोर्डिङ स्कुल लगाएतले अनलाइन कक्षा सञ्चालन गरेको छ । अनलाइन कक्षा लिने विद्यार्थीले भने मासिक शुल्क तिर्नुपर्नेछ ।

विद्यार्थी र अभिभावकको समस्यालाई बुझ्दै ५ महिनाको शुल्क नलिने निर्णय गरेको अल्पाइन पब्लिक स्कुलका प्रधानाध्यापक उद्धव थापाले जानकारी दिनुभयो ।

अल्पाइनले कक्षा ३ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइन मार्फत कक्षा सञ्चालन गरिरहेको र सो कक्षा लिने विद्यार्थीलाई मासिक शुल्कमा ३० प्रतिशत छुट दिएको थापाको भनाइ छ ।

यस अघि लकडाउनका समयमा बन्द रहेका निजी विद्यालयले शुल्क लिन सक्ने भन्दै अभिभावक चिन्तित बनेका थिए ।प्याब्सनको अगुवाइमा गरिएको यो निर्णयले अभिभावकले प्रत्यक्ष लाभ लिएका छन् । दोलखा जिल्लाको विभिन्न स्थानमा ३३ वटा बोर्डिङ स्कुल सञ्चालनमा छन् ।

वि.सं.२०७७ असोज २१ बुधवार ०९:१९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...