back
NMB ad

दूध बिक्रीबाट किसानलाई आर्थिक लाभ

Kumari bank ad

बागमती । नेपाल दुग्ध विकास संस्थानअन्र्तगत हेटौँडा दुग्ध वितरण आयोजनामा दूध बिक्रीबापत विभिन्न जिल्लाका ग्रामीण क्षेत्रका २५ हजारभन्दा बढी किसानले आर्थिक लाभ गरी व्यावसायिक कारोवारमा संलग्न रहेका छन् ।

आयोजनामा करिब २०० दुग्ध उत्पादक सहकारी संस्थामार्फत २५ हजार दुग्ध किसानको दूध सङ्कलन हुने गरेको र किसानलाई आर्थिक लाभ प्राप्त भएको बताइएको छ ।

ग्रामीण क्षेत्रका दूध उत्पादक किसानले उत्पादन गरेको दूधको उपयुक्त मूल्य दिई बजारको व्यवस्थापन गर्ने तथा गुणस्तरयुक्त दूध तथा दुग्ध पदार्थ सुलभ तरिकाले शहरी क्षेत्रलगायतका उपभोक्ताबीच नियमितरुपले आपूर्ति गर्ने उद्देश्यले आयोजनाको स्थापना भएअनुसार कार्य भइरहेको छ ।

साथै आयोजनाअन्तर्गत चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, बरहथवा, हरैया, बसवरिया र सिम्रौनगढमा सात वटा दूध चिस्यान केन्द्रमार्फत दूध सङ्कलन हुँदै आएको छ ।

त्यसका अलावा मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थामार्फत नियमितरुपमा दूध सङ्कलन गर्ने गरिएको आयोजनाका शाखा अधिकृत ठाकुरदास श्रेष्ठले जानकारी दिए ।

मौसमअनुसार आयोजनाले दैनिक १० हजार लिटरदेखि ३५ हजार लिटरसम्म दूध सङ्कलन गरी बिक्री वितरण गर्ने गरेको छ । आयोजनाको ६० हजार लिटर दूध भण्डारण गर्ने क्षमता छ ।

यस आयोजनासँग दही उत्पादन क्षमता तीन हजार लिटर, घ्यू, मख्खन, पनिर उत्पादन क्षमता ५०० केजी प्रतिदिन, ताजा दूध एक हजार ५०० बोतल प्रति सिफट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट उत्पादन क्षमता प्रतिदिन रहेको छ ।

आयोजनाको बिक्री वितरण क्षेत्रमा तीन डिस्ट्रीब्यूटर्स, २८ डिलर र १९७ बिक्री बुथमार्फत वीरगञ्ज र नारायणघाट क्षेत्रमा नियमितरुपमा सेवा पु¥याउँदै आएको छ ।

डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा विसं २०३० वैशाखमा स्थापना भएको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रति घण्टा तीन हजार लिटर रहेको शाखा अधिकृत श्रेष्ठले बताए ।

आयोजनासँग बढी भएको दूध पाउडर दूधका लागि विराटनगर तथा बालाजु पठाउने गरिएको छ । दुग्ध विकास संस्थानको स्थापना विसं २०२६ साउन १ गते भएको थियो ।

वि.सं.२०७७ असोज २३ शुक्रवार १२:४० मा प्रकाशित

You can share this post!

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १६:१४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज...

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४८

काठमाडौँ, ३० वैशाखः काठमाडौँ महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही...

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४४

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौ, बसुन्धरा...

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:३१

काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई...