back
NMB ad

राष्ट्र बैंकले निर्धारण गर्यो राजस्व दाखिला गर्दा लाग्ने शुल्क, कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारी कोषमा राजस्व दाखिला गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार भुक्तानी सेवा प्रदायकले सञ्चालक गरेको डिजिटल वालेटबाट राजस्व तिर्दा लाग्ने शुल्क निर्धारण गरेको हो।

राजस्वको रकमअनुसार प्रतिकारोबार ५ देखि ३० रुपैयाँसम्म लाग्ने छ। तर, राष्ट्र बैंकले कोरोना महामारीले सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै पुस मसान्तसम्म वालेटमार्फत गरिने दाखिला निःशुल्क हुने जनाएको छ।

पुसपछि पनि एक हजार रूपैयाँसम्मको राजस्व दाखिला गर्दा शुल्क लाग्ने छैन। एक हजारदेखि ३ हजारसम्मको कारोबारमा प्रतिकारोबार पाँच रुपैयाँ, तीनदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा १० रुपैयाँ र दश हजारदेखि माथिको कारोबारमा ३० रुपैयाँ शुल्क लाग्ने छ।

वालेटको माध्यमबाट गरिने फन्ड ट्रान्सफर तथा भुक्तानी सीमा सम्बन्धी व्यवस्थामा राजस्व भुक्तानी शुल्क थप गरिएको राष्ट्र बैंकले जनाएको छ।

वि.सं.२०७७ असोज २३ शुक्रवार १५:४० मा प्रकाशित

You can share this post!

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...