back
NMB ad

खसी च्याङ्ग्रा खरिद अन्तिम चरणमा, घटस्थापना पछि बिक्री

Kumari bank ad

काठमाडौं । विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकामा खसी बोका तथा च्याङ्ग्रा बिक्री गर्ने भएको छ । यो बर्ष घटस्थापनाको भोलिपल्ट कात्तिक २ गतेदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री खुल्ला गर्ने भएको हो ।

दुई हजार खसी तथा एक हजारको संख्यामा च्याङ्ग्रा वितरण गर्ने योजना अनुरुप खरिद गर्ने प्रकृया अन्तिम चरणमा पुगेको कम्पनीका विभागिय प्रमुख श्रीमणिराज खनालले  जानकारी दिनुभयो । ‘सबै तयारी पूरा भयो, ढुवानी गरेर काठमाडौं आइपुग्ने समयको आधारमा खसी बोका ल्याउँछौ’ उहाँले भन्नुभयो । मागको आधारमा कति सख्यामा खसी बोका खरिद गरेर ल्याउने भन्ने यकिन हुने उहाले स्पष्ट पार्नुभयो ।

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यस वर्ष तीन हजार वटा खसी र च्याङ्ग्रा खरिद गर्नको लागि ढुवानीकर्ताको छनौट गरिसकेको छ । उनीहरुलाई त्यहाँका स्थानीय प्रशासन कार्यालयले सहजीकरण गरेर खसी बोका पठाउने व्यवस्था मिलाउनेछन् ।

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले यो बर्ष दाङ र हेटौंडाबाट खसी बोका ल्याउन लागेको छ । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याइने तयारी भैरहेको छ । यो बर्ष खाद्यले खसी बोका खरिदका लागि ५ करोड ९९ लाख ८६ हजार रुपियाँ बजेट छुट्याएको छ ।

गतवर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपियाँ बजेट छुट्याएको थियो । जसमा कम्पनीले १४ सय वटा खसी–बोका र १६ सय वटा च्याङ्ग्रा ल्याएको थियो ।

संस्थानले विगत वर्षहरु जस्तै यस वर्ष पनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु बिक्री सुरु गरिसकेको छ । उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायक तथा उपत्यका बाहिरका २४ स्थानबाट सुपथ मूल्यमा खाद्यवस्तु बिक्री भैरहेको छ ।

कात्तिक २ गतेदेखि थापाथालीबाट खसी बोका च्याङ्ग्राको बिक्री हुनेछ । खसीबोकाको मूल्य पनि संस्थानले केही दिनमै सार्वजनिक गर्ने खबर आजको गोरखापत्रले उल्लेख गरेको छ ।

वि.सं.२०७७ असोज २५ आइतवार ०७:४० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...