back
NMB ad

व्यापक जागरण र साझा प्रयासबाट प्राकृतिक विपद जोखिम न्यूनीकरण गर्नुपर्छ : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जागरण र सबैको साझा प्रयासबाट प्रकृतिक विपद जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ ।

 

प्राकृतिक विपद जोखिम न्यूनीकरण सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यापक जागरण र सबैको साझा प्रयासबाट जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभएको हो ।

जोखिम प्रकट हुनै नपाउने र भइहालेमा त्यसको समाधान कसरी गर्ने भन्ने सम्बन्धमा सरकार तत्पर रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उद्दार, राहत र पुननिर्माणका कामहरुलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा सरकारले आफ्नो सहभागितालाई बढाउँदै लगेको बताउनुभयो ।

केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहमा केन्द्रले तय गरेका राष्ट्रिय नीति, रणनीति र कार्ययोजनालाई प्रवाहीत गर्ने र सबैतहमा जानकारी गराउने काम भइराखेको पनि प्रधामन्त्री ओलीले बताउनुभयो ।

सन २०१५ देखि सुरु भएको दिगो विकास लक्ष्यले पनि विपद जोखिमको सन्दर्भमा महत्वपूर्ण दृष्टिकोण अगाडि सारी काम गरिराखेको पनि उहाँले बताउनुभयो ।

नेपालमा विपद जोखिम न्यूनीकरण र त्यसबाट उत्पन्न भएका असरहरुको समाधान गर्ने सन्दर्भमा राष्ट्रिय नीतिको तर्जुमाबाट तयार भएको रणनीतिक कार्ययोजनालाई दिगो विकास लक्ष्यसँगै जोडेर राष्ट्रिय रणनीति तय भइसकेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

विपद न्यूनीकरणका लागि मानविय भावना, परोपकारी भावना र सहकार्यको भावनाको आवश्यकता भएको पनि उहाँले बताउनुभयो । पछिल्लो समय कोरोना भाइरसले मानविय र अर्थतन्त्रमाथि गम्भिर क्षति पु¥याएकोले पनि सबै मिलेर न्यूनीकरणमा लाग्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । कोरोना संक्रमणको अहिलेको स्थितिले विश्व व्यवस्थाको सन्दर्भमा नयाँ नयाँ ढंगले सोच्नुपर्ने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले विश्व कोरोना महामारीको विरुद्ध जुधिरहेको अवस्थामा सम्पूर्ण व्यक्ति एक भई विपदको समाना गर्न दिवसले सबैलाई प्रतिवद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो । प्राकृतिक विपदको विरुद्ध एक्लै लडन असम्भव हुने भएकाले सबै पक्ष एक भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गृहमन्त्री थापाले नेपालमा यस वर्षको मनसुनमा ५ सय भन्दा बढीको संख्यामा मानविय क्षति भएको र एक अर्ब भन्दा बढीको आर्थिक क्षति भएको बताउनुभयो । प्राकृतिक विपद न्यूनीकरणका लागि सरकारले आवस्यक ऐन, नियमावली र कार्यविधिको पनि व्यवस्था गरेको उहाँले बताउनुभयो ।

वि.सं.२०७७ असोज २७ मंगलवार १४:१८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...