back
NMB ad

बागमती प्रदेशमा कोरोनाको उपचार थप प्रभावकारी बनाइने

Kumari bank ad

काठमाडौं । बागमती प्रदेश सरकारले कोभिड–१९ बाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि उपचार सेवा थप प्रभावकारी बनाउने रणनीति अघि सारेको छ ।

बागमती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेशभरी कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि कोभिड उपचार सेवालाई थप प्रभावकारी बनाउने योजना अघि बढाएको हो ।

जसअनुसार मन्त्रालयमार्फत प्रदेश भरी रहेका सरकारी र सामुदायिक गरी ३० वटा स्वास्थ्य संस्थामा आइसोलेसन केन्द्र सञ्चालनका लागि विनियोजित १५ करोड ८१ लाख रकममध्ये तत्कालका लागि ५० प्रतिशत रकम स्वास्थ्य संस्थामा पठाइसकिएको महाशाखा प्रमुख सतिश विष्टले जानकारी दिए ।

जसमध्ये न्यूनतम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रसुवालाई एक लाखदेखि अधिकत्तम स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र हेटौँडालाई सात करोड ६५ लाखसम्म विनियोजन गरिएको थियो ।

विनियोजीत रकममध्ये ती स्वास्थ्य संस्थामा तत्कालका लागि ५० प्रतिशत रकम पठाइसकिएको छ । थप ५० प्रतिशत रकम स्वास्थ्य संस्थाको कार्य प्रगतिका आधारमा पठाइने योजना रहेको महाशाखा प्रमुख विष्टले जानकारी दिए ।

यस प्रदेश मातहतको त्रिशूली अस्पताल तथा धादिङ अस्पतालमा १० श्ययाको भेन्टिलेटरसहित आइसियु थप गरी सञ्चालनका लागि दुईवटै अस्पताललाई दुई र दुई करोड विनियोजना गरिएकाले सोको व्यवस्थापन कार्य अघि बढाएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

यसैगरी वाग्मती प्रदेश मातहतका सबै अस्पतालमा थप श्यया विस्तारका लागि पत्राचार गरी कार्य शुरु गरिएको जनाइएको छ ।

यता प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा तत्काल आइसियु र भेन्टिलेटर सेवाका लागि आवश्यक पर्ने करिब एक जना स्वास्थ्यकर्मी जनशक्ति थप गर्ने तयारी गरिएको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिए ।

प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार यस वाग्मती प्रदेशमा करिब तीन हजार सङ्ख्याको हाराहारीमा सरकारी स्वास्थ्यकर्मी कोभिड–१९ रोकथाम बचावट साथै बिरामीको उपचारमा प्रत्यक्षरुपमा क्रियाशील छन् ।

यस्तो छ बागमतीको अवस्था

सामाजिक विकास मन्त्रालयका अनुसार सोमवारसम्मको तथ्याङ्कअनुसार यस प्रदेशमा देशको कूल सङ्क्रमणको करिब ४६।५२५ प्रतिशत रहेको छ भने मृत्युको अनुपात यस प्रदेशमा तुलनात्मकरुपमा बढिरहेको छ ।

मृत्यु हुनेमा बढ्दो उमेर र दीर्घरोगीको देखिएको छ । यस प्रदेशमा पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा बढेको हुनाले हाल उपचाररत बिरामीको सङ्ख्या निको भएकाभन्दा तुलनात्मकरुपमा बढी देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

वि.सं.२०७७ असोज २७ मंगलवार १४:३८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...