back
NMB ad

दशैं आए पनि चम्केन व्यापार, ‘कहिले त बोहनी पनि हुँदैन’

Kumari bank ad

काठमाडौं । अचेल उपत्यकामा केही भीडभाड बढे पनि व्यापार भने बढ्न सकेको छैन । यस वर्षको दशैंतिहार नजिकै आउँदा पनि व्यापार चम्कन नसकेपछि व्यापारी निराश छन् ।

स्थायी घर गोरखाका गणेश भट्टले दशैंका लागि तन्ना तथा कुर्ता बिक्रीका लागि राखेका छन् तर सधैंझैं व्यापार छैन । उनले अघिल्ला वर्षमा १०० भन्दा बढी तन्ना बेच्थे । ‘पहिला ग्राहक आएर बस्ने ठाउँ हुँदैनथ्यो तर अहिले १० वटा बिक्री हुन पनि गाह्रो छ,’ उनले भने ।

काठमाडौंमा व्यापार गरिरहेका उनी आफूहरू पनि दशैं मनाउन केही आम्दानी गर्नुपर्ने भएकाले दशैंको मौका छोपी व्यापार गर्न लागेको तर कोरोनाको महामारीले व्यापार नभएपछि निराश भएको बताउँछन् ।

बाटोमा हिँडडुल गर्ने व्यक्ति पनि पहिलेभन्दा पातला छन् । आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘व्यापार पहिलेको दाँजोमा २५ प्रतिशत पनि छैन, खाद्यान्न बाहेकका वस्तुुको अहिले कारोबार न्यून छ ।’

अहिले शपिङ मलका व्यापारी दिनभर सटर खुला राखेर कहिले ५–१० हजार व्यापार गरेर घर फर्किन्छन् भने कहिले व्यापारै नगरी घर फर्कने पनि भएको व्यापारीको अनुुभव छ ।

दशैं नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याए पनि ग्राहक नआउँदा उनीहरू अहिले समस्यामा परेका हुन् । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नागरिक घरभित्रै भएकाले पनि दशैंको सामान किन्न खासै बजार निस्केका छैनन् । ग्राहकलाई आकर्षण गर्न व्यापारीले विभिन्न सामानमा छुटको व्यवस्था गरे पनि त्यसमा ग्राहकको आकर्षण नभएको लुगा व्यापारी अनिल बर्माले बताए ।

उनका अनुसार अहिले दशैं नजिकिँदै गर्दा सपिङ मलका व्यापारीले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै छुट सहुलियत, उपहार लगायत योजना ल्याएका छन् । दशैंमा नयाँ लगाउनुपर्ने र मीठो खानुपर्ने परम्परागत मान्यता रहिआएको छ । छुट र सहुलियतले बजारमा रौनक छाउने गरेको विशालबजार व्यापार संघका अध्यक्ष दामोदर कार्कीले बताए ।

उनले भने, ‘यो वर्ष कोरोना महामारीका कारण व्यापार हुने आश छैन । पहिलेको १० देखि १५ प्रतिशत मात्रा व्यापार हुन्छ होला । फुटपाथतिर अलि होला तर हाम्रो जस्तो पसलमा कहिले त बोहनी पनि हुँदैन ।’ कोरोनाको डरले पहिले जस्तो भीडभाड नभए पनि मानिस खाद्यान्न खरिद गर्न भीड नै भएको असनका खाद्यान्न व्यापारी रुमन जोशीको अनुभव छ ।

उनले दशैंमा मीठो खानु नै प¥यो, त्यसैले खाने कुरा किन्न भने मानिसको भीड नै छ तर अरू सामान खरिद गर्ने भीड नभएको बताए ।

सिभिल मल व्यापारी संघका अध्यक्ष रत्न घिमिरेले गत वर्षको भन्दा यो वर्षको व्यापार ७० प्रतिशतभन्दा बढीले घटेको बताए । ‘शपिङ मलमा गएको वर्षको तुलनामा व्यवसाय ७० प्रतिशत घटेको छ, दशैंको मौका छोपेर अफर ल्याए पनि ग्राहक आउँदैनन्,’ उनले भने । व्यापार र व्यवसायमा हाल युवा बढी संलग्न छन् ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेका अनुसार राजधानीमा मुलुककै सबैभन्दा सघन बस्ती भएको र यहाँ बचाउको उपाय नअपनाउँदा कोरोना तीव्र गतिमा विस्तार हुने बढी सम्भावना छ । उनका अनुसार मानिसमा सही तरिकाले मास्क प्रयोग गर्न नजान्दा पनि कोरोना बढेको हो र बजारमा किनमेल गर्दा अझ सुरक्षित हुनु जरुरी छ ।

हाल राजधानीका विभिन्न अस्पतालका स्वास्थ्यकर्मी र उपचार गराउन आउनेमा समेत बढी कोरोना संक्रमण देखिएको औंल्याउँदै डा. पाण्डेले बजार किनमेल गर्दा नागरिकलाई थप स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरे । ‘अत्यावश्यक भए मात्र घरबाहिर मास्क लगाएर निस्किने, २ मिटरको दूरी कायम राख्ने जस्ता आधारभूत प्रक्रिया सबैका लागि बाध्यकारी बनाउनुपर्छ । बजार किनमेल गर्दा अझ बढी ध्यान दिनुुपर्छ,’ डा. पाण्डेको सुुझाव छ । गोरखापत्र दैनिकमा खबर छ ।

वि.सं.२०७७ असोज २८ बुधवार ०७:२६ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२०

काठमाडौँ, १ जेठः सरकारले कृषि क्षेत्रको विकासका लागि ‘कृषिमा लगानी...

सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने     

सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने     

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१६

काठमाडौँ, १ जेठ : सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष...

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१४

काठमाडौँं, १ जेठ : नेपाल सरकारले महिलालाई आर्थिक रूपमा सक्षम,...

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५६

काठमाडौँ, १ जेठ : सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत...

नीति तथा कार्यक्रमः ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने   

नीति तथा कार्यक्रमः ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५२

काठमाडौँ, १ वैशाखः सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा...

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने   

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४९

काठमाडौँ, १ जेठः सरकारले पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने...