back
NMB ad

अन्ततः भोलिदेखि फेरि कडा लकडाउन गर्ने निर्णय, आकस्मिक बैठकले गर्यो यस्तो निर्णय !

Kumari bank ad

बैतडी । बैतडीको पाटन नगरपालिकाले लकडाउनमा कडाई गर्ने भएको छ ।

नगरपालिकाभित्र समुदाय स्तरमै कोरोना भाइरसका संक्रमित देखिन थालेपछि लकडाउनलाई कडाईका साथ लागु गर्ने निर्णय गरेको हो । नगरपालिकाका उपप्रमुख सरस्वती कोलीको अध्यक्षतामा बुधबार बसेको आकस्मिक सर्बपक्षिय बैठकले लकडाउन प्रभावकारि बनाउने निर्णय गरेको हो ।

बैठकले दशैं तिहारको समयमा गाउँघर र बजार क्षेत्रमा बढी भिडभाड हुनेहुदाँ सुरक्षाकर्मी र अनुगमनकर्ताको टोली खटाउने समेत निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणदत्त पन्तले बताए । चाडपर्वको समयमा कोरोनाले भयावह रुप लिनसक्ने भन्दै यसबाट बच्ने उपाय अपनाउन सचेत गराउने उनले बताए ।

बजारमा भिडभाड कमगर्न नगरपालिका क्षेत्रभित्र भोलिदेखि बजार ब्यबसाय, होटेल, कार्यालय, संघसस्था, तालिम, गोष्ठी तथा सभा सम्मेलन र आवतजावत ५ दिन सम्म पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको गरिएको छ ।

यस्तै बैकं तथा बित्तिय संस्थाहरु कार्तिक १ देखि ३ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगरपािलकाले जनाएको छ । यसअघि नगरपालिकाका २ जना कर्मचारीका कोरोना देखिएपछि नगरपालिकाको कार्यालय र १० ओटै वडा कार्यालयहरु बन्द गरिएको थियो । पाटन नगरपालिकामा अहिलेसम्म देखिएका ६९ कोरोना संक्रमित मध्ये १९ जना अझै सक्रिय संक्रमीत रहेका छन् ।

यसअघि कोरोनाका संक्रमित समूदाय स्तरमै देखिन थालेपनि कुनै चासो नदेखाएको भन्दै नागरिक स्तरबाट पाटन नगरपालिका नेतृत्वको बिरोध भएको थियो ।

वि.सं.२०७७ असोज २८ बुधवार १३:४४ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...