back
NMB ad

निर्माणाधीन ङादी जलविद्युत् आयोजनाको काम धमाधम

Kumari bank ad

लमजुङ । पहाडी जिल्ला लमजुङको उत्तरी भेग मर्स्याङदी गाउँपालिका-६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन ङादी जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ।

तीस मेगावाट क्षमता रहेको सो आयोजना आगामी छ महिनाभित्र सक्ने लक्ष्यका साथ कोरोनाको त्रासका बीच कामलाई जारी राखिएको छ।आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङका अनुसार हालसम्म ९३ प्रतिशतभन्दा बढी निर्माण सकिएको छ। यतिबेला आयोजनाको विद्युतगृह र बाँधस्थल निर्माण करिब अन्तिम चरणमा पुगेको छ।

त्यस्तै आयोजनाबाट साढे नौ किलोमिटर टाढा ट्रान्समिसन लाइन जोड्नका लागि निर्माण भइरहेको आयोजनाले जनाएको छ। डेनस्टक पाइपलाइनको काम करिब-करिब सकिएको छ।

इलेक्ट्रोनिक केही काम बाँकी रहेको आयोजनाले जनाएको छ। आयोजनामा आवश्यक केही यन्त्र नेपाल भारतका सिमानामा रोकिएका कारण निर्माणमा केही समस्या आए पनि केही दिनमा त्यहाँ रोकिएका सामग्री आइपुग्ने आयोजनाले जनाएको छ। वि.सं. २०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो।

उक्त सम्झौतानुसार गत चैतमा आयोजनाको निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपर्थ्यो। विविध कारणले निर्माणमा ढिलाइ भइरहेका बेला लकडाउनले समेत आयोजनालाई प्रभाव बनाएकाले लम्बिन पुगेको छ। सुरुङसहित ७२५ मिटर पेनस्टक पाइप राखिने आयोजनाले जनाएको छ।

करिब ६ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ। आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् साढे चार अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्।

बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ। आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४.८० रुपैयाँ र सुक्खायामका लागि ८.४० रुपैयाँमा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ।

यसबाहेक जिल्लामा निर्माणाधीन करिब एक दर्जन आयोजनाको निर्माण धमाधम भइरहेको छ। आधा दर्जनभन्दा बढी आयोजनाले निर्माण सम्पन्न गर्दै बिजुलीसमेत उत्पादन गरिसकेका छन्।

वि.सं.२०७७ असोज २९ बिहीवार १५:४४ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...