back
NMB ad

कात्तिक १ गतेदेखि लागू हुनेगरि एनएमबी बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुनमा कति ?

Kumari bank ad

काठमाडौं । एनएमबी बैंकले निक्षेप तथा कर्जाको नयाँ व्याजदर सार्वजनिक गरेको छ ।

बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरि नयाँ व्याजदर निर्धारण गरेको हो । बिशेषगरि बैंकले घर तथा सवारी कर्जा लागयतका व्यक्तिगत आवधिक कर्जामा स्थिर व्याजदर लागू गर्ने गरि नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

नेपाल राष्ट्र बैंकले असोज मसान्तसम्म स्थितर व्याजदर सार्वजनिक गर्न निर्देशन दिएको थियो । सोही अनुसार बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचतमा २.२५ प्रतिशतदेखि ८.२५ प्रतिशतसम्म व्याज दिने बताएको छ । यस्तै, फिक्स डिपोजीटमा ४.० देखि ९.२५ प्रतिशतसम्म व्याजदर निर्धारण गरिएको छ । यस्तै, कर्जा तर्फ बेस्ट रेटमा न्यूनतम २ प्रतिशतदेखि अधिक्तम ५ प्रतिशत प्रिमियम जोडर व्याजदर निर्धारण गरिने बैंकको भनाइ छ ।

यस्तै, रिटय बैंकिङ तर्फ घर कर्जामा ९.४९ प्रतिशतदेखि १२.२४ प्रतिशतसम्म व्याज निर्धारण गरिएको छ । यस्तै, ल्यान्ड पर्चेचमा ९.४९ देखि १२.२४, पोपर्टी लोनमा ९.९९ प्रतिशतदेखि १२.७४, एजुकेशन लोनमा ९.७४ प्रतिशतदेखि १२.७४, व्यक्तिगत कर्जामा १ं०.४९ प्रतिशतदेख १२.४९, व्यवसायीक कर्जामा ११.२४ प्रतिशतदेखि १३.२४ र तलवी कर्जामा ९.९९ प्रतिशत देखि १३.९९ सम्म व्याजदर निर्धारण गरिएको छ । कर्जाको अवधी र प्रकृतिअनुसार व्याजदर फकर फरक हुने बताइएको छ ।

वि.सं.२०७७ असोज ३० शुक्रवार ११:४८ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...