back
NMB ad

चम्किने बेला सुस्तायो बजार

Kumari bank ad

काठमाडौं । बडादसैंको पहिलो दिन (घटस्थापना) मा मुलुकका प्रमुख व्यापारिक केन्द्रमा चहलपहल हुन्थ्यो।

सपिङ मल तथा बजारमा व्यापारीलाई सामान बेच्न भ्याइनभ्याइ, किनबेच गर्नेको ठेलमठेल देखिन्थ्यो। व्यापारीले राम्रै आम्दानी गर्थे। खर्च गर्नेले पनि मन फुकाउँथे। यसले अर्थतन्त्रलाई नै चलायमान बनाउँथ्यो।

तर यो वर्ष घटस्थापनाको दिन शनिबार बजारमा खासै चहलपहल देखिएन। व्यापारी ग्राहक आउने छाँटकाँट नदेखेपछि निराश छन्। कोभिड–१९ महामारीका कारण अहिले दसैं लक्षित बजार सुस्ताएको छ।

धेरैको रोजगारी गुमेको छ। आम्दानी खुम्चिएको छ। कोभिड सर्ने त्रास पनि छ । कोरोनाको कारण राजधानीबाट अधिकांश आफ्नो थातथलो (जन्म गाउँ) जाने मुडमा छैनन्। सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले टीका लगाउन आफन्तकोमा जाने परिस्थिति छैन। त्यसैले किनमेल प्राथमिकतामा छैन। यसले दसैं अर्थतन्त्रलाई खुम्चाएको छ।

आरपी ग्रुपका कार्यकारी निर्देशक रुपेश पाण्डे अहिलेको दसैं बजार देखेर चिन्तित छन्। पाण्डेका दरबारमार्ग, लबी मल, जाउलाखेललगायतका ठाउँमा ब्रान्डेड कपडाका दुईदर्जन बढी आउटलेट छन्। ‘विगतका वर्ष दसैं सुरु भएपछि सामान बेच्न भ्याइनभ्याइ हुन्थ्यो,’ पाण्डेले भने, ‘अहिले कोभिडको त्रासले ग्राहक नै छैनन्।’ पाण्डेका अनुसार पोहोरको तुलनामा अहिले २० प्रतिशतमात्र व्यापार छ। ‘दसैंको सपिङ गर्न कोही आएका छैनन्,’ पाण्डेले भने, ‘अहिले बजार सुस्तायो। दसैं आएजस्तो पनि छैन।’ पाण्डेका अनुसार विगत वर्षको तुलनामा यो वर्ष ८० प्रतिशत कम व्यापार भएको छ।

काठमाडौंका न्युरोड, असन, इन्द्रचोक, महाबौद्ध, भृकुटीमण्डपलगायतका स्थान र सपिङ मलमा पनि खासै भिडभाड छैन। काठमाडौं मल, भाटभटेनी सपुरमार्केट, कान्तिपुर मल, बिजी मल, युनाइटेड वल्र्ड ट्रेड सेन्टर, लबी मल, केएल टावरमा पसले ग्राहक कुरेर बसिरहेका छन्।

आम्दानीका स्रोत खुम्चिएपछि त्यसको प्रभाव बजारमा देखिएको आजको नागरिक दैनिकमा खवर छ ।

वि.सं.२०७७ कात्तिक २ आइतवार ०९:२४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...