back
NMB ad

सेयर बजार वृद्धि भएपछि सूचकमा हरियो रंग

Kumari bank ad

काठमाडौं । लगातार तीन दिन घटेको सेयर बजार चौथो दिनमा समान्य वृद्धि भएपछि सूचकमा हरियो रंग देखिएको छ । मंगलबार सेयर बजार ५.४० अंक बढेर १६४३.०३ विन्दुमा उक्लिएको हो ।

मंगलवार प्रि–ओपन सेसनमै घटेको सेयर बजार नियमित कारोबार सुरु भएको ४५ मिनेटमा बढेर १६४४.६२ विन्दुसम्म पुगेको थियो । तर त्यसपछि पुनः ओरालो लागेको बजार उतारचढावपूर्ण रह्यो ।

बैंकहरुपछि लघुवित्तको सेयरमा आकर्षित भएका लगानीकर्ता निर्जीवन बीमा समूहको सेयरतर्फ सरेको देखिएको छ । मंगलबार कारोबार भएका १२ उपसमूहमध्ये वाणिज्य र विकास बैंकबाहेक अन्य सबै समूहको सूचक बढेको छ ।

विशाल बजार कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशत बढेर २३४१ रुपैयाँ पुगेसँगै व्यापार समूहको सूचक पनि ४.८ प्रतिशतले सुधार भएको छ ।

सोमबारको तुलनामा मंगलबार कारोबार रकम भने घटेको छ । सोमबार २ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो भने मंगलबार यो रकम २ अर्ब २३ करोड ७९ लाख हाराहारीमा रह्यो ।

यस दिन १९८ कम्पनीको ७७ लाख ५७ हजार ३५३ कित्ता सेयर खरिद बिक्री भएको छ । कारोबार भएकामध्ये ८३ कम्पनीका लगानीकर्ताहरुले नाफा कमाए भने ७० कम्पनीकाले गुमाए । यस्तै, १९ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

कारोबार रकमका आधारमा नेपाल दुरसञ्चार कम्पनी सबैभन्दा अगाडि रह्यो । कम्पनीको १० करोड ३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । दोस्रोमा एनआईसी एशिया र प्राइम कमर्सियल बैंकको ८ करोड हाराहारीको सेयर किनबेच भयो ।

मंगलबार धेरै कमाउने सेयरहरुमा विशाल बजार कम्पनीपछि समिट माइक्रोफाइनान्स, पाँचथर पावर कम्पनी, शिवश्री हाइड्रोपावर र राष्ट्रिय बीमा कम्पनी रहे । यिनको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

वि.सं.२०७७ कात्तिक १८ मंगलवार १७:४६ मा प्रकाशित

You can share this post!

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...