back
NMB ad

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल विजयी

Kumari bank ad

काठमाण्डौ । निकै कडा प्रतिस्पर्धाका बीच नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले जित हासिल गरेका छन् ।

भर्खरै सम्पन्न मतगणनाअनुसार वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी ढकालले जित हासिल गरेका हुन् ।

निर्वाचन समितिका अनुसार ढकालले ५४।२६ मत ल्याएर जित हासिल गरेका हुन् । उनका प्रत्यासी प्रधानले ४५।७४ प्रतिशत मत मात्र ल्याए ।

ढकालले ५० प्रतिशत मतभार रहेको जिल्लानगरबाट आफ्ना प्रत्यासी किशोर प्रधानभन्दा १ मत मात्र काम पाए । तर, ३० प्रतिशत मतभार रहेको एशोसिएट र २० प्रतिशत मतभार रहेको वस्तुगततर्फ भने प्रधानलाई केही फराकिलो अन्तरले पछार्न सफल भए ।

जिल्लानगरतर्फ खसेको कुल १०५ मतमध्ये ५३ मत किशोर प्रधानले पाएका थिए भने ५२ मत चन्द्र ढकालले पाएका थिए ।

यस्तै, वस्तुगततर्फ ढकालले ५९ मत प्राप्त गरेका थिए भने किशोर प्रधानले ३९ मत प्राप्त गरे । यसरी वस्तुगतमा चन्द्र ढकालले कुल खसेको मतको ५८।४१ प्रतिशत, किशोर प्रधानले ३८।६१ प्रतिशत मत प्राप्त गरे ।

वस्तुगतर्फ १०१ मत खसेको थियो । जसमध्ये ३ मत बद्धर भएको थियो । यो समूहतर्फको मतभार २० प्रतिशत रहेको छ ।

यसैगरी, एशोसिएटतर्फबाट वरिष्ठ उपाध्यक्षका लागि खसेको मतगणना गरिएको थियो । जसअनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकालले ५२२ मत पाए । उनका प्रत्यासी किशोरकुमार प्रधानले ३७४ मत मात्रै पाए । यसरी एशोसिएटतर्फ चन्द्रप्रसाद ढकालले कुल खसेको मतको ५८।०६४ प्रतिशत मत पाएका छन् भने प्रधानले ४१।६० प्रतिशत मत पाएका छन् । ०।२२२ प्रतिशत मत बद्धर भएको छ ।

एशोसिएटतर्फ खसेको कुल ८९९ मतमध्ये २ मत बद्धर भएको थियो । यसतर्फको मतभार ३० प्रतिशत हो ।

एशोसिएटतर्फको उपाध्यक्षमा पनि चन्द्रप्रसाद ढकाल प्यानलका रामचन्द्र संघाई विजयी भए । यस्तै, जिल्लानगरतर्फका उपाध्यक्ष पदमा प्रधान प्यानलका दिनेश श्रेष्ठ र वस्तुगततर्फ पनि प्रधान प्यानलकै अञ्जन श्रेष्ठ विजयी भए ।

जिल्लानगरबाट कार्यसमिति सदस्यमा प्रधान समूहका बहुसंख्यक उम्मेद्वार विजयी भए । वस्तुगततर्फ दुवै पक्षका बराबर सदस्य निर्वाचित भएका छन् ।
एशोसिएटतर्फका सदस्य पदमा पनि मिश्रित परिणाम आयो ।

वि.सं.२०७७ मंसिर १४ आइतवार ०६:०९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...