back
NMB ad

प्रदेश सरकारको लगानीमा निर्माण हुने सबैभन्दा ठूलो पुलको शिलान्यास

Kumari bank ad

हेटौंडा- वाग्मती प्रदेश सरकारको लगानीमा निर्माण हुने सबैभन्दा ठूलो पुलको आज शिलान्यास भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको ११ र १२ नम्बर वडालाई जोड्न राप्ती खोलामा निर्माण हुन लागेको दुईसय १५ मिटर लामो पुलको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज शिलान्यास गर्नुभएको हो ।
शिलान्यासका क्रममा मुख्यमन्त्री पौडेलले प्रदेश राजधानी समेत रहेको हेटौंडा शहरलाई विस्तारित गर्न पुलले भूमिका खेल्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले सरकारले बाटो, घाटो र पुलसँगै प्रदेशको समग्र विकासमा फड्को मारेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले वर्तमान सरकार विकासमैत्रि रहेको उल्लेखगर्दै गाउँगाउँमा विकासका पूर्वाधार निर्माण गर्नमा जुटेको बताउनुभयो ।
हेटौंडा ११ का वडाअध्यक्ष ललित घलानले पुल निर्माणको योजना ल्याएर विकट क्षेत्रको रूपमा रहेको पदमपोखरी क्षेत्रलाई दोस्रो हेटौंडाको रूपमा परिणत गर्न प्रदेश सरकार र मुख्यमन्त्री पौडेलले भूमिका खेल्नुभएको उल्लेख गर्नुभयो ।
हेटौंडा ११ का वडाअध्यक्ष गोकर्ण पराजुलीले पुलको निर्माणपछि हेटौंडाको मध्यबजार क्षेत्रको सवारी चापलाई कमगर्ण सहयोग पुग्ने बताउनुभयो ।
कूल रकम रु २६ करोड ४१ लाख ८७ हजार २०० मा निर्माण सम्पन्न हुने सम्झौता भएको पुल साविकको हेटौंडा ११ र साविकको पदमपोखरी गाविसलाई जोड्ने छ । पुल २१५ मिटर लामो र ११ मिटर चौडाइ भएको हुने जनाइएको छ । ४ वटा स्पान हुने पुलको गाडी हिड्ने भाग ७.५ मिटर तथा फुटपाथ १.५ मिटरको हुनेछ । पुलसँगै दायाँबायाँ ३ सय ५०, ३ सय ५० मिटरगरी ७ सय मिटरको सडक निर्माण हुनेछ भने दुबैतिरगरी ७ सय मिटर लामो तटबन्ध निर्माण हुने छ । प्रदेश सरकारको , भौतिक पूर्वाधार निर्देशनालयमार्फत निर्माण हुने पुल काठमाण्डौंको एलिट कन्स्ट्रक्सन प्रालिले निर्माणको ठेक्का पाएको निर्देशनालयका प्रमुख डा. सहदेवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

वि.सं.२०७७ मंसिर १८ बिहीवार १७:२५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...