back
NMB ad

लकडाउनका कारण प्रभावित भएको छैठौं राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ पुनः शुरु हुने

Kumari bank ad

हेटौंडा- लकडाउनका कारण प्रभावित भएको छैठौं राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ पुनः शुरु हुने भएको छ । हरेक १०÷१० वर्षमा हुने औद्योगिक सर्वेक्षणअन्तर्गत मकवानपुर र धादिङमा यही मंसिर २१ गतेबाट सर्वेक्षण प्रारम्भ गरिने तथ्याङ्ककार्यालय, मकवानपुरले जनाएको छ । केन्द्रीय तथ्याङ्क विभाग, थापाथली, काठमाडौंको स्वीकृत कार्यक्रमअन्तर्गत गत फागुन १२ गतेबाट शुरु सर्वेक्षण कोभिड–१९ को महामारी नियन्त्रणगर्न नेपाल सरकारद्वारा घोषित बन्दाबन्दी तथा निषेधाज्ञा आादिका कारण स्थगित भएकोथियो ।
“लामो समयदेखि स्थगित रहेको सर्वेक्षण विभागीय निर्णय र आदेशानुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पुनः शुरु गर्नलागेका छौं” तथ्याङ्क कार्यालय मकवानपुरका प्रमुख,तथ्याङ्क अधिकृत राजेश दासले भन्नुभयो । दासका अनुसार अब गरिने सर्वेक्षणमा कोभिड–१९ को प्रभावसम्बन्धी प्रश्नावली र मुख्यप्रश्नावली गरी २ बटा फारामहरु प्रयोग गरिनेछ । सर्वेक्षणमा तथ्याङ्क कार्यालय मकवानपुरको कार्यक्षेत्रमा पर्ने मकवानपुरका ३ सय ४० र धादिङका २ सय १७ वटा प्रतिष्ठानहरु रहेकोमा बन्दाबन्दीको अघिसम्म दुबै जिल्लामा गरी जम्मा १ सय ४० वटा प्रतिष्ठानहरुको तथ्याङ्क संकलन भएकोथियो । अब बाँकी रहेका ४ सय १७ वटा प्रतिष्ठानहरुमा तथ्याङ्क संकलन गरिनेछ । यस सर्वेक्षणमा कार्यालयका कर्मचारीकासाथै मकवानपुर र धादिङमा करारमा गणक नियुक्तगरी परिचालितहुने कार्यालयका खरिदार गोपाल ढोडारीले जानकारी दिनुभयो ।
१०/१० वर्षको अन्तरालमा सञ्चालनहुने औद्योगिक सर्वेक्षण यस अघि वि.सं. २०६६ मा ५ औं पटक सम्पन्न भइसकेको छ । राष्ट्रिय अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान, संभावना, चुनौति, समस्या, रोजगारी सिर्जना जस्ता विविध पक्षलाई मध्यनजर गरी सर्वेक्षण सञ्चालन हुने जनाइएको छ । यो पटक भने विभागद्वारा नेपाल स्तरीय औद्योगिक वर्गीकरण अनुसार सर्वेक्षण संचालन गरी आगामी फागुन मसान्तसम्ममा सम्पन्नगर्न लागेको हो ।

वि.सं.२०७७ मंसिर २० शनिवार ०७:२४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...