back
NMB ad

विद्युतीय बस सञ्चालन गर्न ७ वटा मार्ग तयारी

Kumari bank ad

हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्धनबाट सञ्चालित सवारीलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्न सातवटा मार्ग तयार गरेको छ ।

मन्त्रालयका अनुसार प्रदेशका मुख्य सहर हेटौँडा, भरतपुर, सिन्धुलीमाढी, विदुर, धुलिखेल, काठमाडौँ उपत्यका र धादिङबेंसीमा विद्युतीय सवारीसाधन सञ्चालनका लागि रुट तयार भइसकेको छ । यसका लागि मन्त्रालयले निजी क्षेत्रका व्यवसायीलाई बस सञ्चालन गर्न आग्रह गरिसकेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिए ।

उनले कुरा गर्दै चार्जिङ स्टेशन निर्माणका लागि ११९ स्थानीय तहलाई सूचना आह्वान गरिसकिएको बताए । उनका अनुसार यसका लागि भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका, गल्छी गाउँपालिकालगायत आठ स्थानीय तहले चार्जिङ स्टेसनका लागि जग्गा उपलब्ध गराउने आशयपत्र मन्त्रालयमा पठाइसकेका छन् ।

चार्जिङ स्टेशनको निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण, नगर विकास कोष, सम्बन्धित स्थानीय तह र प्रदेश सरकारले संयुक्तरुपमा गृहकार्य गरिरहेका छन् ।

मन्त्री फुयाँलले यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक र उपकार्यकारी निदेशक पदपूर्तिका लागि सूचना प्रकाशन भइसकेको जानकारी दिँदै योग्यता र क्षमताका आधारमा नियुक्ति गरिने बताए ।

प्रदेश सरकारको पहिलो नीति कार्यक्रममा प्रदेशभित्र आगामी २०८५ साल वैशाखसम्ममा इन्धनबाट चल्ले सवारी साधनलाई विस्थापन गर्ने र विद्युतीय सवारी साधनलाई वैकल्पिकरुपमा उल्लेख छ ।

वि.सं.२०७७ मंसिर २२ सोमवार १७:१७ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...