back
NMB ad

मौजदात कोषको रकम निकासा गर्ने जिसस मकवानपुरको निर्णय

Kumari bank ad

बिश्व अधिकारी,मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिससको मौजदात कोषको रकम जिल्लाका विभिन्न स्थानीय तहहरुमा निकासा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको जिससको ७१ औं बोर्ड बैठकले जिल्लाका सभाबाट पारित भए अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा मौजदात कोष कार्यविधिले तोके अनुसारको योजना सञ्चालनका लागि रकम निकाशा गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहहरुबाट माग भए अनुसारको रकम उपलब्ध गराउने निर्णय भएको हो ।

मौजादकोषबाट कोष सञ्चालन निर्देशिका बमोजिम गाउँपालिकासँगको लागत साझेदारीमा कार्य हुने गरि रकम उपलब्ध गराईने प्रमुख खुलालले बताउनुभयो ।

बैठकले जिल्लाको ईन्द्रसरोवर गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि ५० लाख रुपैयाँ र हेटौंडा–९ को वडा कार्यालय भवन निर्माणका लागि ५० लाख रुपैया उपलब्ध गराउने निर्णय भएको प्रमुख खुलालले बताउनुभयो ।

यस्तै हेटौंडा–१३ स्थित महेन्द्र माविलाई १० लाख, हेटौंडा–२ स्थित सिद्धार्थ माविलाई १५ लाख, हेटौंडा–८ स्थित मदन आश्रृत स्मृति भवनका लागि १३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय उहाँले बताउनुभयो ।

बैठकमा विभिन्न समसामयिक विषयमा समेत छलफल भएको थियो । आजको बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, गणेशकुमारी प्रधान, सिता अधिकारी, सरिता विक, चित्र बहादुर बलामी, बुद्धबहादुर स्याङ्तान, सानोकान्छी स्थाङ्तानलगायत कार्यालयका कर्मचारीहरुको उपस्थिती थियो ।

वि.सं.२०७७ मंसिर २२ सोमवार २०:३६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...