back
NMB ad

जनकपुर विमानस्थल तीनै तहको मित्रताको प्रतीक हो: मन्त्री भट्टराई

Kumari bank ad

जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जनकपुरधामको उच्चतम ढङ्गले पूर्वाधारको विकासका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जनकपुर विमानस्थलमा निर्माण गरिएको टर्मिनल भवन र कन्ट्रोल टावरको आज मन्त्री भट्टराईले उद्घाटन गर्दै उद्घाटित भवन र टावर सङ्घ, प्रदेश र स्थानीय तहको मित्रताको सेतु र सुन्दर उपहार भएको धारणा राख्नुभयो ।

सङ्घ र प्रदेश नं २ सरकारबीच घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै उहाँले ‘निर्माण गरिएको भवन र टावर सङ्घीयताको विशेषतासँग गाँसिएको प्रतीक हो’ भन्नुभयो ।

सभ्यता र संस्कृतिको केन्द्र भएको जनकपुरधामको गरिमा र महत्व सन्दर्भमा जनकपुर विमानस्थलको नाम जनकपुरधाम विमानस्थल नामकरण राख्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउँदै भन्दै उहाँले यसका लागि नीतिगत प्रक्रिया अघि बढाउनु आवश्यकता औंल्याउनुभयो ।

मन्त्री भट्टराईले जनकपुरधामबाट अन्तरप्रदेश र अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि धावनमार्गको विस्तार आवश्यक भएकाले जग्गा उपलब्ध र प्रक्रियागत समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच छलफल, समझदारी र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले जनकपुर विमानस्थललाई जनकपुरधाम विमानस्थल नामकरण गर्नुपर्ने र धार्मिक पर्यटन प्रवद्र्धन हुने ढङ्गले हवाई सेवा विस्तार गर्नुपर्ने बताउनुभयो । अर्का प्रतिनिधिसभा सदस्य जुली महासेठले जनकपुरधाम विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनु जरुरी भएको धारणा राख्नुभयो ।

उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री रामनरेश रायले जनकपुरधामबाट अन्तर प्रदेश र भारतका बङ्गाल, उत्तर प्रदेश र विहारका प्रमुख स्थलसम्म हवाई सेवा सञ्चालनको अवधारणालाई मूर्तरूप दिन आग्रह गर्दै नेपाल भारत सीमा बन्दका कारण यात्रुलाई सास्ती भोग्नु परिरहेकाले सीमा खुल्ला गर्नुपर्ने बताउनुभयो ।

प्राधिकरणका निमित्त महानिर्देशक नरेन्द्रबहादुर थापाका अध्यक्षतामा भएको सो समारोहमा मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, जनकपुधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र एरोड्रम इञ्जिनीयरिङ विभागका प्रमुख प्रदीप अधिकारीले भवन र टावर निर्माणले जनकपुरधामको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

पुरानो टर्मिनल भवनलाई विस्थापित गरी सुविधा सम्पन्न टर्मिनल भवन बनाउने सरकारको नीतिअनुरूप जनकपुरधामको ५३ वर्ष पुरानो टर्मिनल भवनलाई विस्थापित गरी रु ४२ करोडको लागतमा अत्याधुनिक सुविधायुक्त टर्मिनल भवन निर्माण गरिएको छ ।

सो भवन र टर्मिनलको संरचनामा इँटा प्रयोग नगरी स्टिलको प्रयोग गरिएको जनाइएको छ । टर्मिनल भवनको निर्माण कार्य दुई वर्षमा सम्पन्न हुनुपर्ने प्राविधिक समस्या, संरचनागत अस्पष्टताका कारण आठ वर्षमा सम्पन्न भएको छ ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार १८:१६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...