back
NMB ad

सबै विद्यालय नियमित संचालन गर्न भन्दै यस्तो आयो निर्देशन !

Kumari bank ad

ललितपुर । ललितपुरमा आठ महिनादेखि बन्द रहेका विद्यालयको नियमित पठनपाठन सुरु हुने भएको छ । ललितपुर महानगरपालिकाले सो क्षेत्रभित्र पर्ने विद्यालय खोल्न निर्देशन दिएको छ ।

मंगलबार बसेको महानगरको शिक्षा समितिको बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो । समितिले विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघबीच छलफल गरी मापदण्ड तय गर्न पनि विद्यालयहरुलाई आग्रह गरेको छ ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयको पठन–पाठन सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा समितिका संयोजकसमेत रहेका महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिएका छन् ।

महानगरपालिका क्षेत्रमा ४० वटा सामुदायिक विद्यालय र अन्य निजी विद्यालयलाई समेत सोहीबमोजिम गर्न महानगरपालिकाले निर्देशन गरेको हो ।

महानगरले उपप्रमुख गीता सत्यालको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । समितिलाई विद्यालय अनुगमन गर्ने र आवश्यक छलफल गरी शिक्षा समिति र महानगरपालिकालाई सुझाव पेस गर्ने जिम्मेवारी दिइएको छ ।

महानगरले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न र अभिभावकलाई मापदण्ड अपनाएर मात्रै बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेको छ ।

वि.सं.२०७७ मंसिर २४ बुधवार ०९:१७ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...