back
NMB ad

स्थानीय सरकार गठनपछि स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच बढ्यो

Kumari bank ad

दार्चुला । स्थानीय सरकार गठनपछि दार्चुलाका सबै क्षेत्रमा नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुगेको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलाका सबै स्थानीय तहका बस्तीमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको हो ।

विगतमा ४१ गाविस हुँदा गाविसस्तरसम्म मात्रै स्वास्थ्य सेवाको पहुँच पुगेकामा अहिले वडा र दुर्गम क्षेत्रका बस्तीसम्म स्वास्थ्य सेवाको सहज पहुँच पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

संविधानले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकारको सुनिश्चितता गरेसँगै दुर्गम बस्तीसम्म स्थानीय सरकारको अगुवाइमा स्वास्थ्य सेवा पहुँच पुगेको मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने बाध्यता थियो, अहिले नागरिकले आधारभूत सेवा सहजै पाउन थालेका छन् ।” स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लामा दुईवटा अस्पताल छन् । हरेक स्थानीय तहमा सामुदायिक अस्पताल निर्माणको थालनी भएको छ ।

स्वास्थ्यचौकी जिल्लाभरि ४० छन् । तीमध्ये व्यासमा पाँच, दुहुँमा चार, नौगाडमा चार, मार्मामा पाँच, मालिकार्जुनमा छ, लेकममा चार र अपिहिमाल गाउँपालिकामा दुईवटा छन् भने महाकाली र शैल्यशिखर नगरपालिकामा समान पाँच/पाँचवटा स्वास्थ्यचौकी छन् ।

यसैगरी नौवटै स्थानीय तहमा सामुदायिक स्वास्थ्य एकाइ २६, शहरी स्वास्थ्य एकाइ चार र आधारभूत स्वास्थ्य केन्द्र १४ वटा स्थापना गरिएको छ भने गाउँघर क्लिनिक १५७, खोप क्लिनिक १४५ रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लाभरि २९ वटा निजी स्वास्थ्य क्लिनिक सञ्चालनमा छन् । स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै स्थानीय तहले पनि स्वास्थ्य सेवामा नयाँ–नयाँ कार्यक्रम सञ्चालन गरेको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । “विगतको तुलनामा नागरिकले स्थानीयस्तरमै स्वास्थ्य सेवाको पहुँच पाएका छन् ।

स्थानीय तहहरुले पनि नवीनतम कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ”, उहाँले भन्नुभयो । व्यास गाउँपालिकाले विपन्न नागरिक उपचार सहयोग कार्यक्रम ल्याएको छ भने महाकाली नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रम ल्याएको छ । नौगाड गाउँपालिकाले हरेक बस्तीबाट ३० मिनेटको दूरीमा पुगिने गरी स्वास्थ्य स्थापना गरेको छ ।

मार्मा गाउँपालिकाले ‘सफा आमा, स्वच्छ बच्चा’ कार्यक्रम चालु गरेको छ भने अपिहिमाल गाउँपालिकाले गर्भवती र सुत्केरीलाई ‘उपाध्यक्ष कोशेली कार्यक्रम’लाई निरन्तरता दिएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम ल्याएको छ भने लेकम गाउँपालिकाले सबै स्वास्थ्य सेवामा ल्याब सेवा विस्तार नीति कार्यान्वयन गरिरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

वि.सं.२०७७ मंसिर २४ बुधवार १०:५३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...