back
NMB ad

सरकार छिट्टै ढल्छ भनेर देशमा अस्थिरता सिर्जना गर्न खोजिएको छ : मुख्यमन्त्री पौडेल

Kumari bank ad

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संघीय र प्रदेश सरकार कमजोर अवस्थामा नरहेको दाबी गर्नुभएको छ ।

बिहीबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संघीय र प्रदेश सरकार कमजोर अवस्थामा रहेको भन्ने हल्लामा कुनै सत्यता नभएको दाबी गर्नुभएको हो ।

‘संघ र प्रदेशमा करिब दुई तिहाईको हाराहारी जनमतसहितको नेकपाको सरकार गठन भएको छ । यस्तो अवस्थामा सरकार कमजोर छ । छिट्टै ढल्छ भनेर देशमा अस्थिरता सिर्जना गर्न खोजिएको छ । तर, त्यो गलत हो’, मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

उहाँले तीन तहको सरकारबीच समन्वयको अभावका कारण सोचे अनुसारको कामले गति नलिएको बताउनुभयो । ‘तीन तहको सरकार तीनतिर फर्किएको छ । जसले गर्दा काम गर्न समस्या भइरहेको छ ।’, पौडेलले तीनै तहको सरकारबीच समन्वय नभएसम्म जनअपेक्षा अनुसार विकासे काममा फड्को मार्न नसक्ने बताउनुभयो ।

वि.सं.२०७७ मंसिर २५ बिहीवार १७:१४ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...