back
NMB ad

जोरायल गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विस्तार

Kumari bank ad

डोटी । जोरायल गाउँपालिका–५ गड्सेरामा वर्षौंपछि नेपाल विद्युत् प्राधिकरण दिपायल शाखाले राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार गर्न थालेको छ ।

सो वडाका खहडा, चौकी, अमौन, बोकडा, हडरानी, बडिगाड, पातलीगाउँ, चोखाल गाउँ, मनोहबजार, ठाँटीलगायतका ठाउँमा विद्युत् लाइन विस्तार गर्नका लागि बजेट विनियोजन गरिएसँगै अहिले पोल गाड्नका लागि विस्तृत सर्वेक्षण शुरु गरिएको छ ।

जोरायल क्षेत्रबाट जडान गरिँदै उक्त विद्युत् लाइन शिखर नगरपालिका–१ कपल्लेकीसम्म पु¥याइने योजनाअनुसार काम भइरहेको छ । कम्तीमा पनि रू. २० देखि २५ लाखको लगानीमा अहिले उक्त वडामा विद्युत् विस्तारको काम शुरु गरिएको र पछि बजेट थप गरिने बताइएको छ ।

जिल्लाको नौओटै स्थानीय तहमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जडान गर्ने उद्देश्यसहित जोरायलबाट नै विद्युत् विस्तार सेवा सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दिपायल शाखाका कार्यालय प्रमुख कुम्भराज जोशीले बताए ।

उनले भने, ‘आगामी असार मसान्तसम्म जिल्लाका सबै स्थानीय तहमा राष्ट्रिय प्रसारणको विद्युत् पु¥याउने लक्ष्यअनुसार हामीले काम शुरु गरेका छौँ, कति सक्छौँ हेर्दै जाउँ ।’ विद्युत् सेवा विस्तार गरिन थालेपछि गड्सेराका स्थानीयवासी निकै खुशी भएका छन् ।

उक्त ठाउँमा स्थानीय खोलाबाट विद्युत् सेवा निकालिए पनि सबै गाउँमा विद्युत् आपूर्ति गर्न नसकिएlineका कारण समस्या झेल्दै आएका नागरिक अब चौबिसै घण्टा विद्युत्को उज्यालो पाउनेमा निकै खुशी भएको स्थानीयवासी तथा नवोदय माविका शिक्षक टोपबहादुर बोहराले बताए । उनले भने, ‘विद्युत् नहुँदा विद्यार्थीदेखि आम नागरिकलाई सास्ती भएको थियो, अब राष्ट्रिय प्रसारणको विद्युत् आउने भएपछि सबैलाई सहज हुनेछ ।’

विद्युत् विस्तारका लागि अहिले उक्त वडाका गाउँगाउँमा कर्मचारी खटाइएको र पोल ढुवानीको काम भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दिपायल शाखाले जानकारी दिएको छ । राष्ट्रिय प्रसारणको विद्युत् सेवा सुचारु भएपछि सो वडाका सयौँ घरधुरी लाभान्वित हुने भएका छन् ।

वि.सं.२०७७ मंसिर २६ शुक्रवार १६:४४ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...