back
NMB ad

कठिन भूगोल छिचोलेर बस्तीसम्म पुग्यो सडक

Kumari bank ad

बागलुङ । भौगोलिक रुपमा कठिन भएकाले विशेष क्षेत्रमा समेटिएको बागलुङ नगरपालिका–११ रायडाँडाका बसै बस्ती सडक सञ्जालले जोडिएका छन् ।

जनप्रतिनिधि आएपछि वडा तहसम्म पुग्ने विकास बजेट बढेको, प्रत्यक्ष निगरानीमा काम गर्न सकिने र परदर्शीता कायम गर्दा तीन वर्षमा सबै बस्ती जोड्न सकिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।

रायडाँडाको तल्लो र माथिल्लो रामतोला, आफ्रे सल्र्यान, इकिनधारा, सिकादिप, गिलार तथा ओखले सिम्लेसम्मका सबै बस्ती सडक सञ्जालमा जोडिएका हुन् ।

“यसअघि रामतोलाका मानिसले आफ्नै वडाको मुकाम पुग्न भकुण्डेको बाटो हिँड्नु पथ्र्यो”, गौतमले भने, “बालबालिकाका लागि विद्यालय पनि नजिक भएका छन् ।” अन्य विकासका काम गर्न बाँकी भए पनि सडक सञ्जालले जोडिँदासमेत धेरैले खुशीयाली मनाएको उनले जिकिर गर्नुभयो । अहिले रायडाँडाबाट दैनिक चारवटासम्म जीप सदरमुकामका लागि चल्न थालेका छन् । सडक सहज भएपछि बिरामी, बुढाबुढीले बढी सेवा पाएको उनले बताए ।

तीन वर्षमा झण्डै रु एक करोड ५० लाख यहाँका बस्ती जोड्ने सडकका लागि लगानी भएको छ । ती सडक जोडिएपछि दैनिक आवतजावतमा सहज भएको स्थानीयवासी प्रगती थापाले बताए।

रामतोलादेखि भकुण्डेको हिराताल पुग्ने सडक र रायडाँडाको मुकाम जोड्ने गरी अर्को सडक पनि बनेको छ । रु ५० लाख खर्चेर वडाले जोडेको सडकमा पहरा फोड्न नसकेपछि नेपाली सेनाले साथ दिएको थियो । सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलको टोलीले पहरामा विस्फोट गराएर सडक जोड्न सहयोग गरेको हो ।

डोठेआल रामतोला जैमिनी सडकमार्फत पूर्वाधार विकास कार्यालयले पनि यहाँ रु ४३ लाख लगानी गरेर सडक सञ्जाललाई तल्लो रामतोलामा जोडेको छ । यो सडक बनेपछि सदरमुकाम पुग्न सहज भएको तल्लो रामतोलाका बासिन्दा नारायण शर्माले बताए ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १४:३३ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...