back
NMB ad

आन्तरिक पर्यटकको केन्द्र बन्दै बाबाताल

Kumari bank ad

लहान । पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको सिरहाको कर्जन्हा गाउँपालिका– १ बन्दीपुरस्थित बाबातालमा भ्यू टावर निर्माण गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तरमा रहेको बाबाताल वरिपरिको वन, वनभोजस्थल, शिव मन्दिर र पार्कका कारण पर्यटकको रोजाइमा परेको यहाँ भ्यू टावर निर्माण गरिएको हो ।

पर्यटन बोर्डले बनाएको भ्यू टावरको उच्चस्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहाल, प्रदेशसभा सदस्य दिलीप शाह र सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले उद्घाटन गरे ।

भ्यू टावरबाट बाबातालको मनोरम दृश्य अवलोकन गर्न सकिने अध्यक्ष दाहालले बताए। दृश्यावलोकनलाई अहिले दैनिक १०० देखि १५० सम्म आन्तरिक पर्यटक आउने गरेको ताल संरक्षण सम्बरद्धन समितिका केशव पोखरेलले बताए ।

उनका अनुसार चुरे क्षेत्र नजिकै रहेको उक्त तालमा घुम्न गर्मीभन्दा कात्तिकदेखि माघ महीनासम्म बढी पर्यटक आउँछन् । वर्षेनी खेतीयोग्य जग्गालाई बगरमा परिणत गर्ने चुरेको फेदबाट बग्दै आएको खहरे खोलालाई घेराबार गरी आर्थिक वर्ष २०६०/६१ सालमा भू–संरक्षण कार्यालयबाट निर्माण गरिएको बाबाताल क्षेत्रमा आर्थिक वर्ष २०७१र ७२ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत उदयपुरको बेलसोथस्थित नेपाली सेनाको राष्ट्र विकास गणले वनभोजस्थल, शिव मन्दिर र बालपार्क बनाएर व्यवस्थित बनाएको थियो ।

सर्वसाधारणदेखि देशका विभिन्न जिल्लाबाट विद्यालय तथा कलेजका विद्यार्थी आउने गरेको पोखरेलको भनाइ छ । नयाँ वर्ष तथा चाडपर्वका बेला तालमा पर्यटकको बढी घुइँचो लाग्छ । “ताल क्षेत्रभित्र नेपाली, मैथिली तथा भोजपुरी चलचित्र छायाकङ्न हुन थालेको छ”, ताल क्षेत्रमै पसल सञ्चालन गर्दै आएकी कोपिला दाहालले भनिन्,“दैनिकजसो कलाकार आउने, छायाङ्कन गर्ने गरेका छन् ।”

प्रवेश शुल्क१० रुपैयाँ र तालमा आधा घण्टा डुङ्गा शयर गर्ने पर्यटकका लागि १५ रुपैयाँ लाग्छ । त्यहाँको आकर्षण बढाउन बगैंचा र बालउद्यान निर्माण गरिएको छ । भ्यू टावर निर्माणपछि बाह्य पर्यटक आउने अपेक्षा गरिएको समितिका अध्यक्ष अञ्जनी यादवले बताए ।

करीब सात हेक्टरमा फैलिएको बाबाताल घुम्न आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी ताल क्षेत्रभित्रै धर्मशालासमेत बनाइएको छ । ताल क्षेत्रभित्र स्थानीयवासीले होमस्टे सञ्चालन गर्ने तयारी भइरहेको अध्यक्ष दाहालको भनाइ छ । राजमार्गदेखि तालसम्मको ग्राभेल बाटो कालोपत्र गर्ने र केबुलकार सञ्चालन गर्ने समितिको योजना छ ।

वि.सं.२०७७ मंसिर २९ सोमवार १५:४० मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...