back
NMB ad

कर्मचारी सुधार अभियान : कार्यालयबाट सेयरसम्बन्धी सबै काम गर्न प्रतिबन्ध

Kumari bank ad

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीमा देखिएका विकृति हटाउँदै कर्मचारी प्रशासनलाई सुधारतर्फ अघि बढाउने अभियानलाई निरन्तरता दिएको छ ।

कर्मचारीमा देखिएको विकृतिले सेवाप्रवाह कमजोर भएको ठहर गर्दै मन्त्रालयले आम कर्मचारीलाई सेवाग्राहीमैत्री र जिम्मेवार बनाउँदै सेवाप्रवाह प्रभावकारी बनाउन त्यस्तो अभियान थालेको हो ।

सोही अभियानअन्तर्गत मन्त्रालयले सोमबार मात्रै कार्यालयको समयमा कुनै पनि कर्मचारीले सेयरसम्बन्धी कार्य गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले कुनै पनि कर्मचारीले कार्यालय समयमा विद्युतीय माध्यम प्रयोग गरी सेयरसम्बन्धी कारोबार गर्न नपाउने गरी रोक लगाएको हो ।

अधिकांश कर्मचारी कार्यालय समयमा सेयर कारोबारमा संलग्न रहँदै आएको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार नै राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेख्दै कर्मचारीले कार्यालय समयमा सेयरसम्बन्धी कार्य गरे नगरेको अनुगमन गर्दै त्यस्तो कार्य गरेको पाइए कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।यसअघि मन्त्रालयले उच्च पदस्थ कर्मचारीलाई लोकसेवा परीक्षाका लागि विभिन्न इन्स्टिच्युटमा गएर पढाउन प्रतिबन्ध लगाएको थियो ।

सुधारक र ‘बोल्ड’ निर्णय क्षमताका प्रशासकका रूपमा परिचित एकनारायण अर्याल सचिवका रूपमा आएपछि संघीय मामिला तथा सामान्य प्रशासनले एकपछि अर्को सुधारका कार्यलाई अभियानकै रूपमा अघि सार्दै आइरहेको मन्त्रालयका कर्मचारी बताउँछन् ।

मन्त्रालयले सोमबार नै बहालवाला कर्मचारीबाट कानुनी तथा मन्त्रालयले गरेका निर्णयको पालना भए नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गरी कानुन तथा निर्णय परिपालनको अवस्थालाई प्रभावकारी बनाउन सतर्कता केन्द्रलाई पत्राचार गरेको छ । साथै मन्त्रालयले आफैं पनि त्यस सम्बन्धमा अनुगमन गर्ने जनाएको आजको राजधानी दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार ०८:२२ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...