back
NMB ad

बेसिशहर खानेपानी आयोजना अन्तिम चरणमा, यस्तो छ उद्घाटनको तयारी

Kumari bank ad

लमजुङ । लमजुङ जिल्लाको बेसिशहर बजार क्षेत्रलाई लक्षित गरी निर्माण कार्य अघि बढाईएको खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा पुगेको छ ।

खानेपानी मन्त्रालय अन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजनाको भौतिक प्रगति करिब ९७ प्रतिशत सकिएको जनाएको छ ।

आयोजनाको ईन्जिनियर आशिष शर्माले बेंसिशहर सहलगानी खानेपानी आयोजनाको काम अबको एक महिनाभित्र पूर्ण रुपमा सम्पन्न हुने बताउनुभयो । भाचोक खोलाको पानीलाई प्रशोधन गरी बेंसिशहर बजारसम्म पाईपलाईन मार्फत वितरण गर्ने योजना अनुसार उक्त आयोजनाको काम सुरु गरिएको हो ।

‘आयोजनाका मुख्य मुख्य कामहरु सबै सकिएको छ ।’ ईन्जिनियर शर्माले भन्नुभयो, ‘बजार क्षेत्रमा पाईप लाईन बिछ्याउँदा बिग्रिएको बाटो कालोपत्रे (पिच) हुने कार्य भईरहेको छ ।

पानी ट्यांकी र ट्रिटमेन्ट प्लान्टको निर्माण यसअघि नै सकिसकेको छ ।’ यस आयोजनाबाट २७ सय घरधुरीमा २४ सै घण्टा खानेपानी वितरण गर्ने तयारी भईरहेको उहाँले बताउनुभयो ।

उक्त आयोजना अन्तर्गत ५ लाख लिटर, ३ लाख लिटर र १ लाख लिटर क्षमताका तीन वटा पानी ट्यांकीको निर्माण सम्पन्न भईसकेको आयोजना कार्यालयले जनाएको छ ।

बेसिशहर नगर क्षेत्रभित्र बसोबास गर्ने करिब ४० हजार जनसंख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङका आयोजना प्रमुख देवेन्द्र झाले बताउनुभयो ।

बेसिशहर नगरपालिका वडा नम्बर ७, ८, ९ र १० का जनतालाई खानेपानी पु(याउने योजना सहित तीन वर्षअघि ठेक्का सम्झौता भएको आयोजना प्रमुख झाले जानकारी दिनुभयो । झाले खानेपानी मन्त्री बिना मगरज्यूबाट आयोजनाको उद्घाटन गर्ने योजना रहेको सुनाउनु भयो ।

यो आयोजना निर्माणमा हालसम्म करिब १८ करोड खर्च भईसकेको छ । नेपाल सरकारको ७० प्रतिशत र स्थानीय उपभोक्ता समितिको ३० प्रतिशत लगानीमा सञ्चालित उक्त आयोजना सम्पन्न भएपछि बेंसिशहरबासीलाई २० वर्षसम्मका लागि खानेपानीको समस्या नहुने उपभोक्ता समितिको भनाई छ ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार १७:२६ मा प्रकाशित

You can share this post!

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...