back
NMB ad

विस्तृत आयोजना प्रतिवेदन पेस

Kumari bank ad

काठमाडौं । लगानी बोर्डले सहजीकरण गरिरहेका तीन महत्वपूर्ण परियोजना निर्माणका लागि विकासकर्ता कम्पनीले विस्तृत आयोजना प्रतिवेदन बोर्डमा बुझाएका छन ।

भैरहवा र वीरगञ्जमा बनाउने प्रस्ताव गरिएको प्राइभेट फ्रेट टर्मिनल तथा बल्क ह्यान्डलिङ फ्यासिलिटिज परियोजनाको विकासकर्ता कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बोर्डसमक्ष बुझाएको लगानी बोर्डले जनाएको छ ।

लगानी बोर्ड र विकासकर्ता कम्पनीबीच गत वर्ष मङ्सिरमा अध्ययन गर्ने सम्झौता भएको थियो । त्यसैगरी विराटनगरमा बनाउने प्रस्ताव गरिएको मल्टी मोडेल लजिस्टिक पार्क निर्माणका लागि सीजी लजिस्टिक्स र सर्राफ ग्रुपले मङ्गलबारै विस्तृत सम्भाव्यता प्रतिवेदन बुझाएको छ । विकासकर्ता कम्पनीले १५ महिनाअघि बोर्डसँग यसका लागि सम्झौता गरेको थियो ।

यसैगरी, झापामा बन्ने चीन–नेपाल औद्योगिक पार्क निर्माणका लागि विकासकर्ता नेपाली साझेदार दमक क्लिन इन्डस्ट्रियल पार्कले सोमबार विस्तृत आयोजना प्रतिवेदन बुझाएको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

चीनको लगानीमा बनाउन लागिएको यो पार्क निर्माणका लागि बोर्डले ५८.६१ करोड अमेरिकी डलर लगानी स्वीकृतिसमेत प्रदान गरिसकेको छ ।

त्यसैगरी, वीरेठाँटीदेखि मुक्तिनाथसम्म करिब ८० किलोमिटर लामो केबलकार निर्माणका लागि मुक्तिनाथ दर्शन प्रालिले आयोजना प्रतिवेदन बोर्डसमक्ष बुझाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस १ बुधवार ०८:४६ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...