back
NMB ad

मध्यपहाडी राजमार्ग समृद्धिको आधारशिला

Kumari bank ad

काठमाडौं । विकसित मुलुकहरूले आर्थिक र सामाजिक रूपान्तरण गर्ने गरी दर्जनौं ठूला परियोजनाहरू बनाइरहेका छन । पछिल्लो समय छिमेकी मुलक भारत र चीनमा पनि यस्ता परियोजनाहरू बनिरहेका छन् ।

नेपालमा भने यस्ता परियोजना धेरै कम छन । पूर्वपश्चिम राजमार्ग सडकको क्षेत्रमा अहिलेसम्म मुलुकको मुख्य ‘लाइफलाइन’ का रूपमा चिनिँदै आएको छ । सरकारले एक दशक पहिलेदेखि मध्य पहाडी २६ जिल्लालाई समेटेर दोस्रो पूर्वपश्चिम राजमार्ग बनाउँदैछ । पुष्पलाल (मध्यपहाडी)  राजमार्ग नाम दिइएको यो आयोजनालाई मुलुकको अर्को मेरुदण्ड बताइँदै आएको छ ।

सरकारले आर्थिक वर्ष २०६४/६५ मा यो आयोजना निर्माण सुरु गरेको हो । पछिल्लो समय यो आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिएको छ । अहिले मध्यपहाडी राजमार्गको आधाभन्दा धेरै काम सकिइसकेको छ ।

अबको तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने योजनासहित यो आयोजनाको काम भइरहेको छ । सरकारले स्वदेशी पुँजीमा पूर्वपश्चिम राजमार्गकै विकल्पमा २६ वटा पहाडी जिल्लालाई जोड्ने गरी मुलुककै दोस्रो लाइनफाइनको रूपमा मध्यपहाडी राजमार्ग निर्माण अघि बढाएको हो । यो राजमार्गले पूर्वमा पाँचथरको चिवाभन्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म छुनेछ । यो सडक तयार भएसँगै २६ जिल्ला आर्थिक समृद्धिको मार्गमा लाग्नेछन ।

यो राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि पहाडी जिल्लामा करिब ५ हजारदेखि १० हजार मेगावाट जलविद्युत् आयोजनाको पहुँचमार्ग बन्नेछ । त्यतिमात्रै होइन, यो सडकले ग्रामीण बस्तीबाट सहर बसाइँसराइ गर्ने परिपाटीको अन्त्य गर्दै गाउँगाउँमा पर्यटन, कृषि तथा अन्य उद्यमको विकासमा टेवा पु¥याउनेछ ।

एक हजार आठ सय ७९ किलोमिटर लामो पुष्पलाल ९मध्यपहाडी० राजमार्ग बनेसँगै मुलुकको एकतिहाइ अर्थात् एक करोड जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुनेछ । यो राजमार्गले पहाडी जिल्लाका धेरै ग्रामीण बस्ती जोड्ने आजको नागरिक दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस १ बुधवार ०९:०९ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...