back
NMB ad

आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा

Kumari bank ad

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका आफन्तको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

शेयर सदस्य लक्ष्मी बिश्वकर्माका ससुरा काठेखोला गाउँपालिका–३ धम्जा निवासी लाल बहादुर वि.क.को निधन भएको नवौ दिनको पुण्य तिथि पारेर बुधवार श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।

वि.क.को मंसिर २३ गते मृत्यु भएको थियो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।

संस्थाका निवर्तमान अध्यक्ष तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने ५ हजार रुपैया स्वर्गीय वि.क.का नाती बसन्त वि.क.लाई हस्तान्तरण गर्नु भएको थियो ।

संस्थाले सञ्चालन गरेको सदस्य राहत खाताबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया रकम प्रदान गर्दै आएको छ ।

शेयर सदस्यहरुको परिवारमा पर्ने अप्ठेरोमा संस्था सारथी बन्नु पर्छ भन्ने सोचका साथ सदस्यका एकाघर सदस्यको निधनमा संस्थाको नेतृत्व घरमै पुगेर समवेदना प्रकट गर्ने तथा सदस्य राहत खाताबाट मृत्यु राहत रकम सहयोग गर्दै आएको संस्थाका कोषाध्यक्ष पूर्ण बहादुर कार्कीले बताउनुभयो ।

हालै सम्पन्न संस्थाको १४ औं वार्षिक साधारणसभाबाट शेयर सदस्यका परिवारका सदस्यको निधनमा गरिने मृत्यु संस्कारका लागि १ लाख रुपैयासम्म तत्काल कर्जा उपलब्ध गराउने र उक्त कर्जाको १ महिनाको ब्याज नलिने निर्णय भएको कार्कीले जानकारी दिनुभयो ।

संस्थाले सदस्य तथा परिवारका सदस्यहरु विरामी भएर अस्पताल भर्ना भई उपचार गराउदा तथा सुत्केरी हुदाँ ५० हजार रुपैयासम्म तत्काल कर्जा उपलब्ध गराउने र उक्त कर्जाको पनि १ महिनाको ब्याज नलिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

वि.सं.२०७७ पुस २ बिहीवार ०८:०९ मा प्रकाशित

You can share this post!

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...