back
NMB ad

एक लाख मेट्रिक टन बढी धान उत्पादन

Kumari bank ad

काठमाडौं । गत वर्षको तुलनामा यसपालि धान उत्पादन वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस पटक एक लाख मेट्रिक टन बढी धान  उत्पादन भएको छ ।

गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष झन्डै ५६ लाख मेट्रिक टन उत्पादन भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन वृद्धि भएको तर त्यसको तथ्याङ्क बाहिर नआएको बताए । मौसम अनुकूलता, समयमा सिँचाइ, मल आपूर्ति, धान खेतको क्षेत्रफल वृद्धि लगायतका कारण उत्पादन वृद्धि भएको उनको भनाई छ ।

उनले भने, “यसपालि धान उत्पादन वृद्धि हुनुको मुख्य कारण खेतीयोग्य जमिनको क्षेत्रफल वृद्धि नै हो । मन्त्रालयको तथ्याङ्कअनुसार यसपालि १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ भएको थियो ।”कोरोना महामारीका कारण सरकारले गरेको बन्दाबन्दीले धान रोपाइँको क्षेत्रफल वृद्धि भएको थियो । सहरबाट गाउँ पसेकाले बाँझो जमिनमा पनि धान खेती गरेका थिए ।

विगतभन्दा यसपालि धान रोपाइँ समयमा सम्पन्न भएको, धान रोपाइँको क्षेत्रफल वृद्धि भए पनि अन्तिममा आएर तराई मधेसमा बाढी र त्यसपछि कीराले क्षति पु¥याएका कारण मन्त्रालयले लिएको लक्ष्यअनुसार धान उत्पादन हुन नसकेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा कम्तीमा ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य सरकारले लिएको थियो । धान उत्पादन प्रतिहेक्टर ३।१ मेट्रिक टनबाट वृद्धि गरी ४ मेट्रिक टन पु¥याउने लक्ष्य सरकारी लक्ष्य रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस २ बिहीवार ०८:४० मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...