back
NMB ad

उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने, सबै सवारी सञ्चालन गर्ने व्यवसायीको निर्णय !

Kumari bank ad

काठमाडौं । यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् ।

उपत्यकामा मात्र आजोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै व्यवसायी सबै सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् । साधनमा यात्रुको चाप बढ्दो छ । तर जोरबिजोर प्रणालीले गर्दा सवारीको संख्या भने कम छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबार संयुक्त रुपमा अपिल जारी गर्दै जोरबिजोर प्रणाली नमान्ने निर्णय गरिएको हो ।

जोरबिजोर प्रणालीमा सञ्चालन हुँदा सवारी संख्यामा कमी भएको र यात्रुको चाप बढी देखिएपछि कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भएकाले जोरबिजोर हटाउनुको विकल्प नभएको व्यवसायीको भनाइ छ ।

जोरबिजोरका रुपमा सवारी चलाउने कामले थप संकट निम्त्याएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यष भीमज्वाला राईले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७७ पुस २ बिहीवार ०८:४६ मा प्रकाशित

You can share this post!

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२२

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...