back
NMB ad

फेरि दोस्रो चरणको रुपमा कडा लकडाउन गर्ने निर्णय ! यी क्षेत्रहरु बन्द हुने

Kumari bank ad

एजेन्सी । इसाइहरुको महान चाड क्रिसमस र नयाँ वर्ष नजिकिँदै जाँदा कोरोना संक्रमणको दर पुनः बढ्न थालेपछि फ्रान्सले दोस्रो चरणको लकडाउनका क्रममा रात्रिकालीन कर्फ्यूसमेतको निर्णय गरेको छ ।

जर्मनीमा कडा प्रकारको लकडाउन बुधबारदेखि लागू गरिनेछ ।  राती ८ बजेदेखि बिहान ६ बजेसम्म आवश्यकबाहेकका नागरिकलाई घरबाट बाहिर निस्कन अनुमति दिइएको छैन ।

क्रिसमसको पूर्वसन्ध्यामा यो नियममा केहि छुट हुनेछ तर नयाँ वर्षको पूर्वसन्ध्यामा लागू हुने छैन ।  बार र रेस्टुरेन्टहरु कम्तिमा २० जनवरीसम्म बन्द रहनेछन् ।

फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या मंगलबार ७ सय ९० थपिएर जम्मा ५९ हजार ७२ पुगेका छन् । फ्रान्सका नागरिकले दिउँसोको समयमा घरबाट निस्कन आवश्यक कागजपत्र देखाउनु नपर्ने भएको छ ।

तर दैनिक ५ हजार संक्रमण हुनु र त्यसको दर दिनदिनै दुईगुणा बढ्नुले रातीको समयमा कर्फ्यू लगाउने र सडकमा प्रहरी चेकिङ/निगरानी बढाउने निर्णय फ्रान्स सरकारको छ । संक्रमण दर अहिलेसम्मकै धेरै हुने क्रममा रहेको छिमेकी देश जर्मनीमा बुधबारदेखि निकै नै कडा खालको लकडाउन सुरु हुँदैछ ।

अत्यावश्यकबाहेकका पसलहरु देशभर बन्द हुँदैछन्, बालबालिकाको हेरचाह बिद्यालय वा घरमा जहाँ भए पनि एकै ठाउँमा गनुपर्नेछ । जर्मनीमा नोभेम्बरदेखि नै रेस्टुरेन्ट र बारहरु बन्द छन् ।

जर्मन चान्सलर एन्जेला मर्केलले क्रिसमसको किनमेलका लागि बजारमा देखिएको भीडले सामाजिक दूरी कायम गर्न नसकेको आरोप लगाएकी छन् ।

नयाँ लकडाउन डिसेम्बर १६ देखि जनवरी १० सम्म चल्नेछ । तर २४ देखि २६ डिसेम्बरसम्म आरामको समय छ, यो समयमा एक परिवारमा अन्य घरबाट बढीमा ४ जना सदस्यलाई आमन्त्रित गर्न सकिनेछ ।

वि.सं.२०७७ पुस २ बिहीवार १३:५८ मा प्रकाशित

You can share this post!

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:१७

काठमाडौ । कुमारी बैंकले संस्थापक संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०७

काठमाडौं । कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको...

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...