back
NMB ad

ब्लड बैंक सञ्चालनका लागि रेडक्रसलाई तीन लाख सहयोग

Kumari bank ad

कञ्चनपुर । भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरलाई रक्त सञ्चार सेवा केन्द्र(ब्लड बैंक) सञ्चालनका लागि यस सहयोग गरेको छ ।

स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाले रेडक्रसलाई ब्लड बैंक सञ्चालनका लागि बर्षेनी तीन लाख नगद सहयोग गर्दै आएको छ । नगरपालिकाले यस वर्ष पनि ब्लक बैंक सञ्चालनका लागि तीन लाख सहयोग गरेको छ ।

नगरपालिका कार्यालयमा कार्यक्रम गरी रेडक्रसलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । कार्यक्रममा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले रेडक्रसका जिल्ला सभापति टेकराज उप्रेतीलाई तीन लाखको चेक हस्तान्तरण गरे ।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र रेडक्रसका पदाधिकारीहरु कार्यक्रममा सहभागी भएका छन् । चेक हस्तान्तरणपछि भीमदत्तका मेयर विष्टले साझेदारी र सहकार्य गरी नगरलाई समृद्ध बनाउने नीति अनुसार रेडक्रसको रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि सहयोग गरीएको बताउनु भएको छ ।

भीमदत्त नगरपालिकाको सातौ नगर सभाबाट यस वर्षका लागि ब्लड बैंक सञ्चालनका लागि बजेट विनियोजन गरिएको थियो । यस अघिका दुई वर्ष पनि नगर सभाबाट बजेट विनियोजन गरी रेडक्रसलाई हस्तान्तरण गरिएको थियो ।

रेडक्रसले कमजोर समुदायका वासिन्दालाई निःशुल्क रुपमा रगत उपलब्ध गराउन सबै स्थानीय तहसंगै सहयोगका लागि आग्रह गरेको थियो । रेडक्रसको आग्रह अनुसार भीमदत्त नगरले निरन्तर रुपमा तीन÷तीन लाख सहयोग गर्दै आएको हो ।

रेडक्रस सोसाइटीका जिल्ला सभापति उप्रेतीले भीमदत्तले बर्षेनी सहयोग गरी रगत किन्न नसक्ने वासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउन सहज भएको बताए ।

कञ्चनपुरका सबै स्थानीय तहलाई आग्रह गरिए पनि सबै तहबाट सहयोग उपलब्ध हुन नसकेको सभापति उप्रेतीले बताए । रेडक्रसले रगतका लागि प्रति व्यक्ति सात सय ६० रुपैँया लिने गरेको छ ।

भीमदत्तको सहयोगपछि कमजोर अवस्थाका नगर वासिन्दाले निःशुल्क रुपमा रगत पाउने भएका छन् । कार्यक्रममा रेडक्रस सभापति उप्रेतीले भीमदत्तका मेयर विष्टले महाकाली अस्पतालको विकासका लागि गरेको सहयोग सराहनीय भएको उल्लेख गर्दै नगरपालिका सँग साझेदारी र सहकार्यलाई निरन्तरता दिइने बताए ।

भीमदत्त नगरपालिका र रेडक्रसबीच पूर्वाधार निर्माण, विपद् व्यवस्थापन, आय आयआर्जन, रक्त सञ्चार सेवा केन्द्र सञ्चालन लगायतमा साझेदारी भएको छ । भीमदत्त नगरपालिका १० श्रीलंका र खल्ला मुसेट्टीमा दुबैको साझेदारीमा पूर्वाधार निर्माणका कार्य गरिएका छन् ।

वि.सं.२०७७ पुस २ बिहीवार १५:५२ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...