back
NMB ad

प्रभु बैंकले डाक्यो १९औं साधारण सभा : लाभांशदेखि ऋणपत्रसम्मका यस्ता छन् अन्य एजेण्डाहरु

Kumari bank ad

काठमाडौं । प्रभु बैंकको १९औं वार्षिक साधारण पुस २६ गते हुने भएको छ । कम्पनीले केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाको प्रस्तावमा चुक्तापूँजीको १० प्रतिशतले हुन आउने रकम रू. १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६४ बराबरको बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने रहेको छ ।

कोभिड-१९ को जोखिमका कारण सरकारले तोकेको सीमाभित्र मात्र शेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने भएका कारण अन्य शेयरधनीहरुको उपस्थितिका लागि भर्चुअल माध्यमबाट पनि उपस्थित हुन सक्ने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

सभाको अन्य प्रस्तावमा ऋणपत्र जारी गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १० गतेदेखि साधारण सभा सम्पन्न नभएसम्मका लागि बुकक्लोज गर्ने भएको छ । बुक क्लोजका आधारमा पुस ९ गतेसम्मका कायम शेयरधनीहरुले सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

वि.सं.२०७७ पुस ३ शुक्रवार ११:२५ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...