back
NMB ad

सहकारी बैंकले सदस्यलाई पठायो १५ प्रतिशत लाभांश

Kumari bank ad

बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आ.व. २०७६/०७७ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभाशं वितरण गरेको छ ।

बैंकको १७ औं वार्षिक साधारणसभा सकिएकै दिन शुक्रवार बैंकले लाभाशं सदस्य संघ संस्थाको खाता पठाएको हो । साधारणसभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरेको छ, बैंकका अध्यक्ष के.बी.उप्रेतीले भन्नुभयो–आज साधारणसभा सकिदैछ, लाभाशं पनि आजै सहकारीहरुको खातामा पठाएका छौ ।

बैंकले यसपटकको साधारणसभा एकाईगत रुपमा ७ वटै प्रदेशमा गरेको थियो । एकाई प्रतिनिधिहरुको साधारणसभा शुक्रवार जुम मार्फत सम्पन्न भएको र अध्यक्षको सल्लाह अनुसार शुक्रवार नै देशभरका सहकारीहरुको खातामा लाभाशंको रकम पठाइएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

बैंकले गत आर्थिक वर्षको कारोबारबाट २७ करोड ७८ लाख रुपैया लाभाशं वितरण गरेको छ । सहकारी बैंकले विगत ३ वर्षदेखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ ।

बैंकले शुक्रवार नै एक विज्ञप्ती प्रकाशित गरी बैंकसंग कारोबार गर्ने सम्पूर्ण सदस्य संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेको छ । बैंकसंग कारोबार गर्ने संघ संस्था तथा सहयोग र समन्वय गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरिएको छ । शेयर लाभांश खातामा पठाइएको छ, संरक्षित पूँजिफिर्ता कोषको रकम पनि छिटै पठाउने बैंकले जनाएको छ ।

बैंकले लाभाशं बाहेक कारोबारका आधारमा संरक्षित पूँजिफिर्ता कोषबाट पनि सदस्य सहकारीहरुलाई रकम उपलब्ध गराउदै आएको छ । संरक्षित पूँजिफिर्ताकोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समय पछि प्रदान गरिने गुरागाईले बताउनुभयो ।

बैंकले गत वर्षको कारोबारबाट १२ करोड ७३ लाख रुपैया संरक्षित पूँजिफिर्ता कोषबाट बैंकसंग कारोबार गर्ने सहकारी संघ संस्थाहरुलाई प्रदान गर्ने भएको छ ।

यस भन्दा अगाडि आ.व.२०६५/०७६ को कारोबारबाट ९ करोड ३५ लाख र २०७४/०७५ को कारोबारबाट ४ करोड ४३ लाख रुपैया संरक्षित पूँजिफिर्ता कोषबाट रकम प्रदान गरिएको थियो ।

वि.सं.२०७७ पुस ३ शुक्रवार १८:०३ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...