back
NMB ad

दुई कट्ठा जमिनले फेरियो जीविकोपार्जन

Kumari bank ad

सिरहा । माटो काट्ने, माटो बोक्ने कामलाई पेसाका रूपमा लिँदै आएका मुसहर समुदाय पछिल्लो समय खेतीपातीमा रमाउन थालेका छन् । उनीहरूले अर्काको खेतमा काम गरे पनि खेतीबाट हुने फाइदा थाहा नभएर खेती किसानीबाट टाढा थिए ।

 

अहिले भने विभिन्न स्थानीय तहका सरकारले उनीहरूलाई जमिन उपलब्ध गराएपछि अहिले खेतीको रस पाउन थालेका छन् । त्यसमा पनि विभिन्न यन्त्र आएपछि मुसहर समुदायको माटो काट्ने पेसा सङ्कटमा परेको थियो । त्यसपछि उनीहरू अर्काको घर तथा खेतमा मजदुरी गर्ने, माछा मार्ने, जङ्गलबाट दाउरा ल्याएर बेच्ने जस्ता काम गरेर गुजारा गर्थे ।

यसो गर्दा उनीहरू झन् गरिब हुँदै गइरहेका थिए । पछिल्लो समय दलित तथा पिछडिएका समुदायलाई कृषिमा आकर्षित गर्न सरकारले जमिन उपलब्ध गराउन थालेपछि उनीहरू खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।

अहिले सिरहा, सप्तरी, उदयपुर, धनुषा, ओखलढु्ङ्गा लगायतका जिल्लामा स्थानीय तहमार्फत खेतीयोग्य जमिन भाडामा लिएर मुसहर समुदायलाई करारमा जमिन दिएर सामूहिक खेती गराउन थालेपछि उनीहरूको जीवनमा निकै परिवर्तन आएको छ ।

स्थानीय सरकारले अरूको खेत भाडामा लिएर मुसहर समुदायलाई दिएका छन् भने राष्ट्रिय कृषक समूह महासङ्घ लगायतका सङ्घ–संस्थाले अन्य सहयोग गरेर मुसहर समुदायलाई कृषिमा अभ्यस्त बनाउन थालेका आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस ५ आइतवार ०८:१९ मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...