काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २३ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले १५ प्रतिशत बोनस शेयर र ८ दशमलव १६ प्रतिशत नगद लाभांश गरेर कुल २३ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
वि.सं.२०७७ पुस ५ आइतवार १२:२५ मा प्रकाशित