back
NMB ad

नागढुंगा–नौबीसे सुरुङमार्ग : फ्लाइओभर र एप्रोच वे निर्माण शुरू

Kumari bank ad

काठमाडौं । ‘नागढुंगा–नौबीसे सुरुङमार्ग आयोजना’ शिलान्यास भएको १४ महीनामा कुल लगानीको जम्मा १८ प्रतिशत खर्च भएको छ ।

 

२०७६ कात्तिक ४ गरे ६ गते शिलान्यास भई कुल लागत २२ अर्ब रुपैयाँ रहेको सुरुङमार्ग निर्माणमा हालसम्म १५ प्रतिशत मोबिलाइजेशन र बाँकी ३ प्रतिशत अन्य गरी सो खर्च भएको हो ।

जापान सरकारको सहुलियत ऋणमार्फत बन्न लागेको यस सुरुङमार्गको कुल लागतमा जाइकाले १६ अर्ब तथा नेपाल सरकारले रू ६ अर्ब बेहोर्ने छन् । साढे ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरी गत वर्षदेखि काम शुरू गरिए पनि हालसम्म आयोजनाको मुख्य कार्य नै शुरू हुन सकेको छैन ।

हाल सुरुङसम्म पुग्नका लागि निर्माण हुने एप्रोच वे, पुल, पश्चिमतर्फको सिस्नेखोला डाइभर्सन गर्ने र अन्डरपास वेका लागि जग खन्ने काम शुरू भइसकेको निमित्त आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । तर, सुरुङमार्गको मुख्य भाग प्वाल पार्ने काम भने अझै निश्चित भएको छैन ।

सुरुङमार्गको प्वाल पार्ने कार्यका लागि साप्ताहिक समयतालिका बनाउने, पहिलाको कार्ययोजनामा पुनर्तालिकीकरण गर्ने तयारी भएको शाक्यको भनाइ छ । त्यसो त आयोजनामा अझै जग्गा अधिग्रहण तथा मुआब्जाको समस्या समाधान भएको छैन । ]

आयोजनाको सहायक कार्य सबस्टेशन बनाउने स्थानमा अझै ५र६ घरले मुआब्जा लिन मानेका छैनन् । जग्गाको विवादका बारेमा अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।

‘टनेलको काममा बाधा नपुगे पनि सबस्टेशन बनाउने काममा समस्या हुनसक्छ,’ शाक्यले भने, ‘यसैगरी फ्लाइओभर बनाउन पनि जग्गा अधिग्रहण गर्न आवश्यक देखिने सम्भावना छ । तर, अधिग्रहण नै गरिसकेको अवस्था छैन ।’

फ्लाइओभर भने काठमाडौंपट्टि निर्माण हुने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस ६ सोमवार ०८:३४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...