back
NMB ad

‘घुमौँ सौराहा’ अभियान सुरु गरिने

Kumari bank ad

भरतपुर । कोरोना कहरले थला परेको पर्यटन व्यवसाय उकास्न ‘घुमौँ सौराहा’ अभियान सुरु गरिने भएको छ । सौराहाको पर्यटन प्रवद्र्धनका लागि क्षेत्रीय होटल सङ्घले ‘घुमौँ सौराहा’ अभियान सुरु गर्ने भएको हो ।

सङ्घले पुस १० देखि देशका विभिन्न सहर पुगेर प्रवद्र्धन कार्यक्रम गर्ने तय गरेको सङ्घका महासचिव गुणराज थपलियाले जानकारी दिए ।“‘घुमौँ सौराहा’ अभियान सफल बनाउन पहिलो चरणमा वीरगन्जदेखि जनकपुर हुँदै विराटनगरसम्म सौराहाको प्रचारप्रसार गर्ने कार्यक्रम तय गरेका छौँ”, महासचिव थपलियाले भने, “सौराहाको महत्व र पर्यटनका क्षेत्रमा भइरहेका कामबारे उद्यमी, व्यवसायी र स्थानीय तहका पदाधिकारीलाई जानकारी गराइनेछ । ”

सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाले थलो परेको चितवनको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकोटीसहितको टोली अभियानमा निस्कँदै छ ।

सौराहाका व्यवसायीले सेवा र होटलको स्तर हेरेर घुमौँ सौराहा अभियानमा २० देखि ३० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् ।गोरखापत्र दैनिकबाट

वि.सं.२०७७ पुस ७ मंगलवार ०८:११ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...