back
NMB ad

सरकारी कार्यालयमा छड्के : कर्मचारी बिदा तथा काज स्वीकृत नगरीकनै अनुपस्थित !

Kumari bank ad

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा सरकारी कार्यालयका छ प्रमुखसहित ६१ कर्मचारी बिनाजानकारी कार्यालयमा अनुपस्थित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सोमबार १०ः१५ देखि ११ बजेसम्म सन्धिखर्कमा रहेका २३ सरकारी कार्यालयमा अनुगमन गर्दा ६१ कर्मचारी बिदा तथा काज स्वीकृत नगरीकनै कार्यलयमा अनुपस्थित रहेको भेटिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

चौध कर्मचारी बिनापोशाक कार्यालयमा उपस्थित भएको भेटिएका छन् । अर्घाखाँची अस्पतालका २७, स्वास्थ्य कार्यालयका सात, जिल्ला आयोजना कार्यालय एकाइका पाँच, शिक्षा विकास तथा समन्वय एकाइका चार, कृषि ज्ञान केन्द्रका चार, सन्धिखर्क सबडिभिजन कार्यालयका चार र डिभिजन वन कार्यलयका दुई कर्मचारी बिनाजानकारी अनुपस्थित देखिएका छन् ।

त्यस्तै सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनाका एक, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका एक, विशेष नापी कार्यालयका एक र कोष तथा लेखा नियन्त्रक कार्यालयका एक गरी ६१ कर्मचारी बिदा स्वीकृत तथा काज स्वीकृत नगरीकनै कार्यालयमा अनुपस्थित भएको भेटिएका हुन् ।

त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँची तीन, स्वास्थ्य कार्यालय अर्घाखाँचीका तीन, मालपोत कार्यालय अर्घाखाँचीका एक, जिल्ला आयोजना कार्यालय एकाइका एक, शिक्षा विकास तथा समन्वय एकाइका दुई, सडक पूर्वाधार विकास कार्यालयका दुई, सिँचाइ विकास डिभिजन कार्यालयका एक र अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रका एक गरी १४ कर्मचारीले पोशाक नलगाएको भेटिएको प्रजिअ पौडेलले बताए।

वि.सं.२०७७ पुस ७ मंगलवार ०८:३७ मा प्रकाशित

You can share this post!

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५३

मस्को, २७ वैशाख : राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:०६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व...

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:५८

काठमाडौँ, २७ वैशाखः काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा...