back
NMB ad

गल्फागाडमा बेलिब्रिज : चैतसम्म सवारी साधन चल्ने

Kumari bank ad

सिमकोट । लामो समयको लकडाउनका कारण रोकिएको निर्माणाधीन गल्फगाड बेलिब्रिज जडानको काम सम्पन्न भएको छ ।

हुम्लाको अदानचुली गाउँपालिकाको गल्फागाडमा रहेको गल्फागाड बेलिबिज्र गत वर्ष माघदेखि शुरु भएको थियो भने नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदलले गत शुक्रबार सम्पन्न गरेको हो ।

गल्फागाडमा बेलिब्रिज जडान सम्पन्न भए पनि सवारी साधन तत्काल सञ्चालनमा नआउने भएका छन् । जडान सकिए पनि बेलिब्रिजको दुवैपट्टि रेम बनाउन करिब दुई हप्तादेखि एक महिनासम्म लाग्न सक्ने भएकाले सवारी साधन सञ्चालन नआउने भएका हुन् ।

तीन दिनको समय लगाएर गल्फागाडको बेलिब्रिज जडान गरिएको छ । गल्फागाडको पुल निमार्ण सम्पन्न भएसँगै सर्केगाड गाउँपालिका, मुगुलगायत तुम्च वालुकुनासम्म जान सहज हुने भएको छ ।

यसभन्दा अघि गल्फागाडको खोला भएर यातायातका साधन तारिँदै आइएको थियो भने अबको केही दिनमा गल्फागाड पुलबाटै आवतजावत गर्ने भएको हुँदा यहाँका स्थानीयवासीसहित सवारी साधनका चालक खुशी भएका छन्।

तुम्चाको वालुकुनासम्म औपचारिक सवारी सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको छ । नेपाली सेनाको सडक निर्माण दलका आयोजना प्रमुख मिलन कार्कीले भने, “प्रक्रिया अघि बढेकाले अब माथिबाट पत्र आउन मात्र बाँकी छ, गत मङ्सिर २६ गते भएको अनुगमनको प्रतिवेदन रक्षा मन्त्रालय हुँदै नेपाली सेनाको मुख्यालयमा पुगिसकेको र स्वीकृत भएर आउन मात्र बाँकी रहेको छ । अब हप्ता, दश दिनभित्र स्वीकृत भएर आउनेछ ।”

वि.सं.२०७७ पुस ७ मंगलवार ०९:१२ मा प्रकाशित

You can share this post!

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३६

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा...

जलविद्युत् छ तर बत्ती बल्दैन   

जलविद्युत् छ तर बत्ती बल्दैन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३०

डम्मर बुढामगर ढोरपाटन (बागलुङ), ३१ वैशाख : बागलुङको तमानखोला गाउँपालिका–६...

वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती   

वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:५१

दमौली (तनहुँ), ३१ वैशाख : निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा...

नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:४५

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा...

दुर्गा मन्दिर : परियारले बनाए, गैरदलितले सघाए   

दुर्गा मन्दिर : परियारले बनाए, गैरदलितले सघाए   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:२७

तनहुँ, ३१ वैशाख : व्यास नगरपालिका–१३ बेलवासका परियार गैरदलितको सहयोगमा...

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै   

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:०८

तनहुँ, ३१ वैशाख : जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला...