back
NMB ad

यातायात व्यवस्था कार्यालय कैलालीमा पाँच महिनामा ३४ करोड राजश्व सङ्कलन

Kumari bank ad

कैलाली । यातायात व्यवस्था कार्यालय कैलालीले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण जाँचपास, रुट परमिट, प्रदूषण, कम्पनी रजिष्ट्रेशनलगायतका विभिन्न प्रकारका राजश्व शीर्षकबाट रु ३४ करोड ३५ लाख ८८ हजार ४१३ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख लक्ष्मण शाहले जानकारी दिए ।

चालु आवको असोजमा सबैभन्दा बढी रु १३ करोड ८१ लाख सात हजार ६४३ र सबैभन्दा कम मङ्सिरमा रु पाँच करोड ३८ लाख तीन हजार ४९२ सङ्कलन भएको प्रमुख शाहले बताए ।

त्यस्तै भदौमा रु १० करोड ३६ लाख ७६०, कात्तिकमा रु नौ करोड १५ लाख ५० हजार १०८ र साउनमा रु पाँच करोड ७० लाख ५६ हजार ४१० सङ्कलन भएको छ ।

त्यसैगरी विसं २०७४ देखि स्मार्ट लाइसेन्स वितरणकार्य शुरु गरेको यातायात व्यवस्था कार्यालय कैलालीले हालसम्म ३८ हजार ५० जनालाई स्मार्ट लाइसेन्स वितरण गरिसकेको जनाएको छ ।

स्मार्ट कार्डका लागि कार्यालयमा अहिलेसम्म ५५ हजार ४५६ जनाको आवेदन परेको कार्यालय प्रमुख शाहले बताए । छयालीस हजार ९६१ वटा स्मार्ट कार्ड प्रिन्ट भइसकेको र पाँच हजार ४२५ प्रिन्ट हुन बाँकी रहेको उनले बताए । आठ हजार ९११ स्मार्ट कार्ड कार्यालयमा आई वितरण गर्न बाँकी रहेको बताइएको छ ।

त्यसैगरी कार्यालयमा हालसम्म विभिन्न किसिमका निजी, भाडाका, सरकारी, संस्थागतलगायतका सवारी साधन गरी एक लाख २४ हजार ७०० बस, ट्रक, टिपर, जेसिबी, कार, डेलिभरी भ्यान, ट्र्याक्टर, पावरटिलर, स्कुटी, मोटरसाइकल, इ–रिक्सा दर्ता भएको बताइएको छ ।

वि.सं.२०७७ पुस ७ मंगलवार ११:०७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...