back
NMB ad

‘सफा टेम्पो’मा प्रभु बैंकको ‘क्यू आर कोड’ सेवा सञ्चालनमा

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले आफ्ना मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौं उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोड मार्फत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो क्यू आर कोड सेवा प्रभु बैंक र आईडिया स्टुडीयो नेपालको सहकार्यमा उपत्यकामा महिला सवारी चालकहरुद्वारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुनेछ ।

महिला सवारी चालकद्वारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंकको क्यू आर कोड राखिएको छ उक्त सफा टेम्पुमा यात्रा गर्ने यात्रुहरुले आफ्नो मोबाईलबाट क्यू आर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाईएको छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको यो क्यू आर कोड सेवाबाट यात्रुहरुलाई भाडा भुक्तानी गर्नको लागि नगदै बोक्ने झन्झटमुक्त हुनेछन् । यसबाट डिजिटल भुक्तानीमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

वि.सं.२०७७ पुस १० शुक्रवार १७:५७ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...