back
NMB ad

आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा

Kumari bank ad

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका आफन्तको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

शेयर सदस्य शोभा कार्कीका ससुरा बागलुङ नगरपालिका वडा नं. ३ खहरे निवासी खेम बहादुर कार्कीको निधन भएको नवौं दिनको पुण्य तिथि पारेर मंगलवार श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।

संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) शेयर सदस्यहरु दुर्गा बहादुर खत्री, जंग बहादुर कार्की, गौरी खत्री, हिरा खड्का, कृष्ण कुमारी केसी, सीता केसी, कर्मचारी मन कुमारी केसीले संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने रकम ५ हजार रुपैया स्वर्गीय कार्कीकी बुहारी संस्थाका शेयर सदस्य शोभा कार्कीलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका महिला विकास उपसमितिका सदस्य सीता शर्माले गर्नु भएको थियो ।

संस्थाले सञ्चालन गरेको सदस्य राहत खाताबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया रकम प्रदान गर्दै आएको छ । सदस्यहरुलाई पर्ने सुख दुखमा संस्था सहयोगी बनेर अगाडि बढेको भन्दै अध्यक्ष जिसीले सहकारीमा आवद्ध भएर सहकार्य गर्न आव्हान गर्नु भयो ।

धौलागिरीको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थामा हालल २ हजार ३ सय जना शेयर सदस्य, ४ करोड ८० लाख शेयर रकम, ३३ करोड बचत, २९ करोड कर्जा लगानी र कुल सम्पती ४० करोड रहेको संस्थाका कोषाध्यक्ष पूर्ण बहादुर कार्कीले जानकारी दिनुभयो ।

वि.सं.२०७७ पुस १४ मंगलवार १७:४७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...