back
NMB ad

मुलुकको आर्थिक अवस्था राम्रो स्थितिमा छ : गर्भनर अधिकारी

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मुलुकको समग्र आर्थिक अवस्था राम्रो स्थितिमा रहेको बताउनुभएको छ ।

नेपाल बैंकर्स संघको वार्षिक कार्यक्रम तथा साधारण सभालाई सम्बोधन गर्दै गर्भनर अधिकारीले मूल्यवृद्धिदर नियन्त्रण भित्र रहेको, चालु खाता र शोधान्तर अवस्था पनि बचतमा रहेको उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई प्राथमिकतामा राखेको जानकारी गराउँदै ‘क्युआरकोड’ भुक्तानीलाई थप प्रभावकारी ढङ्गले अघि बढाउन बैंकहरुलाई निर्देशन समेत दिनुभयो ।

नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष एवम् सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकहरुको पूँजी कोषको अवस्था न्यूनतम ८.५ प्रतिशत भन्दा धेरै माथि रहेकाले निक्षेपकर्ताहरुले असुरक्षित ठान्नुपर्ने अवस्था नरहेको बताउनु भयो ।

त्यस अवसरमा संघले प्रत्येक वर्ष बैंकिङ्ग क्षेत्रमा योगदान गर्ने नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर सत्येन्द्र प्यारा श्रेष्ठलाई सम्मान गरेको छ । सम्मान–पत्रग्रहण पश्चात् पूर्व गर्भनर श्रेष्ठले अहिलेको चुनौतीपूर्ण अवस्थाबाट वाहिर आउन सरकार र निजी क्षेत्र एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

वि.सं.२०७७ पुस १४ मंगलवार १८:५९ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...