back
NMB ad

दुई करोडको लागतमा बागलुङमा भ्यू टावर निर्माण हुँदै

Kumari bank ad

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिको केशपोखरीमा झण्डै दुई करोडको लागतमा भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माण शुरु गरिएको छ ।

बडिगाड गाउँपालिका–५ स्थित ग्वालीचौरको केशपोखरी सामुदायिक वनको टाकुरामा भ्यू टावरको निर्माण थालनी गरिएको बडिगाड गाउँपालिकाले जानकारी दिएको छ ।

पर्यटकीय सम्भावना बोकेको सो स्थानमा पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याउने उद्देश्यका साथ केशपोखरीमा दृश्यावलोकन निर्माण शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र बडिगाड गाउँपालिकाको साझेदारीमा पाँच तलाको दृश्यावलोकन स्तम्भ निर्माण गर्न थालिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिए ।

‘गाउँपालिकामा पर्यटकीय सम्भावनाको पहिचान गर्ने क्रममा ग्वालीचौरको केशपोखरी टापु दृश्यालोकनका लागि उत्कृष्ट मानियो’, गाउँपालिका अध्यक्ष पाइजाले भने ।

पाइजाका अनुसार कङ्क्रिटबाट निर्माण हुने पाँच तलाको भ्यू टावर दुई वर्षभित्र निर्माण अपेक्षा छ । अहिले स्तम्भ शिलान्यास गरी ठेक्का प्रक्रियामा अगाडि बढेको छ । समुद्री सतहदेखि दुई हजार ६०० मिटर उचाइमा रहेको सो स्तम्भ निर्माण गर्ने स्थलबाट रुकुम, रोल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, पाल्पा, पर्वत, म्याग्दी, मुस्ताङ र स्याङ्जा जिल्ला देख्न सकिनेछ ।

केशपोखरी नजिकै रहेको अन्धाअन्धी तालसमेत पुनःनिर्माण गर्ने योजना गाउँपालिकासँग छ । सन् २०३३ मा अन्धाअन्धी ताल फुटेको थियो । ताललाई पुनःनिर्माण गर्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)को काम भइरहेकको छ ।

बहुवर्षे योजनाअनुसार दृश्यावलोकन स्तम्भ निर्माण थालिएको र आर्थिक वर्ष २०७७र७८ मा गण्डकी प्रदेश सरकारले रू. ५० लाख उपलब्ध गराएको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन महाशाखा प्रमुख डिल्लीराम रिजालले जानकारी दिए ।

बडिगाड गाउँपालिकाले दृश्यावलोकन निर्माणमा रू. ५० लाख लगानी गर्नेछ । दृश्यावलोकन निर्माणका लागि रू. दुई करोड बढी खर्च लाग्ने डिपिआरमा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेश सरकारले बडिगाडकै चमेरे गुफाको पूर्वाधार निर्माणको लागि गण्डकी प्रदेश सरकारले रू. २० लाख यही आर्थिक वर्षमा खर्च गर्न थालेको छ ।

वि.सं.२०७७ पुस १५ बुधवार १५:१८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...