back
NMB ad

मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको बन्द हट्यो

Kumari bank ad

गलकोट । चट्टान कटानका लागि २० दिनदेखि जारी मध्यपहाडी लोकमार्गको बन्द आजदेखि हटेको छ । लामो समयदेखि ठेकेदार कम्पनीको बेवास्ताका कारण अलपत्र रहेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा मङ्सिर २५ गतेदेखि कामले तीब्रता पाएको छ ।

मङ्सिर २५ गतेदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डअन्तर्गत उपल्लाचौर अछेते बिहुँ घोडाबाँधे खण्डको काठेखोला गाउँपालिका–१ स्थित खहरे भीर कटानका लागि दैनिक छ घण्टा सडक बन्द गरिएको थियो ।

सो खण्डमा हुँदै आएको दैनिक छ घण्टा सडक बन्द खुले पनि चट्टान कटानको काम भने निरन्तर चलिरहने मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

मंसिर २१ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले गरेको अन्तरक्रिया कार्यक्रममा मध्यपहाडी लोकमार्गको उपल्लाचौर–अछेते खण्डको ठेकदार कम्पनीले खहरेको चट्टान कटानका लागि समय माग गरेपछि २५ गतेदेखि दैनिक छ घण्टा बन्द गर्ने निर्णय गरिएको थियो ।

आजदेखि लोकमार्गको अवरोध हटे पनि केही चट्टानको काम बाँकी रहेकाले लामो समय सवारी आवागमनमा बाधा नपर्ने गरी काम गर्न भनेको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

लोकमार्गको खहरेमा बिहान ७ बजेदेखि ९ बजे सम्म र दिउँसो ११ बजे देखि ३ बजेसम्म गरी दैनिक छ घण्टा बन्द गरेर चट्टान कटान भइरहेको थियो ।

चट्टान कडा भएका कारण २० दिनमा नसकिएकाले कामलाई निरन्तरता दिए पनि सवारी आवतजावत गर्न दिइने मध्यपहाडी पुष्पलाल लोकमार्गका इन्जिनीयर उज्ज्वल शर्माले बताए । सवारी साधन कम गुड्ने समयमा चट्टान काट्ने गरी समन्वय भइरहेको शर्माको भनाइ छ ।

बागलुङ–घोडाबाँधे सडकको तल्लो खण्डको निर्माण जिम्मेवारी लिएको भारत सिद्धिसाई जेभीका आधिकारिक प्रतिनिधि दिपेन्द्र शाहीले खहरेमा चट्टान कटानका लागि सवारी बन्द गर्न माग गरेपछि २० दिनका लागि समय उपलव्ध गराइएको थियो ।

ठेकेदारले काममा ढिलाइ भएकामा आत्मालोचना गर्दै अबको छ महिनाभित्रै सो खण्ड कालोपत्रे गर्ने गरी कामलाई तीब्रता दिएको छ ।

वि.सं.२०७७ पुस १५ बुधवार १५:२३ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...