back
NMB ad

खाद्यवस्तुको गुणस्तर मापन अभियानकै रुपमा अगाडी बढाऔं : मन्त्री अर्याल

Kumari bank ad

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन निरिक्षण गर्नुभएको छ ।

आज(बुधबार) विहान विभागमा पुग्नुभएका मन्त्री अर्याललाई विभागका महानिर्देशक उपेन्द्र रायले विभागको ‘ब्रिफिङ’ गरेका थिए । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा मन्त्री अर्याल नियुक्त भएपछी मन्त्रालय अन्तर्गतका मातहत निकायहरुको ब्रिफिङ लिन शुरु गर्नुभएको छ ।

त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयहरुको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहेको बताउनुभयो ।

खाद्यवस्तुको गुणस्तर परिक्षण र नियमनको कार्यलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्ने मन्त्री अर्यालको भनाई थियो । ‘अहिलेको अनुगमन, निरिक्षण, ल्याब टेष्टको यति कार्यले मात्र हुदैन ।

अब घुम्ती टोलीमार्फत नियमित रुपमा अनुमन कार्यलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘तपाईहरु योजना सहित अगाडी बढ्नुस् । यसलाई अभियानकै रुपमा हामीले अगाडी बढाउनुपर्छ ।’

मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्रहरु थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउन समेत कर्मचारीहरुलाई निर्देशन दिनुभयो । नीति, नियम, ऐनहरु निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडी बढाउन उहाँले आग्रह गर्नुभयो । प्रबद्र्धनात्मक कार्यमा आवश्यक पर्ने कार्यमा ध्यान दिन समेत मन्त्री अर्यालले आग्रह गर्नुभयो ।

उहाँले आजसम्म भएका कार्यहरुको प्रसंसा गर्दै यसलाई अझ बढाउन आवश्यक रहेको प्रष्ट्याउनुभयो । ‘उपलब्ध स्रोतसाधनले जति कार्य गर्नुभएको छ त्यो राम्रो गर्नुभएको छ । तर, अब यतिले मात्र हाम्रो आवश्यकता पुरा हुँदैन, यसलाई बढाउनुपर्छ’, कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले भन्नुभयो, ‘आजभन्दा भोली कसरी अझ राम्रो गर्ने भन्ने ढंगले तपाईहरु अगाडी बढ्नुस ।’

अभिभावकत्व ग्रहण गर्ने सन्दर्भमा मन्त्री र सचिवहरुको साथ सधैं रहने भन्दै उहाँले राम्रो काम गर्नका निम्ती कसैसँग नडराइकन काम गर्न समेत निर्देशन दिनुभयो । उहाँले नराम्रो काम गर्नका लागि मात्र डराउनुपर्ने समे

त बताउनुभयो । उहाँले भन्नुभयो, ‘राम्रो काम गर्न डराउनुपर्दैन । डराउने भनेको नराम्रो काम गर्नका निम्ती हो । थप उर्जा, जोशजाँगरका साथ यो गतिलाई अगाडी बढाउनुस् ।’

भन्सार क्षेत्रमा प्रभावकारिता बढाउनेगरी काम गर्नुपर्ने भन्दै उहाँले ‘आलीदेखी थालीसम्म, गोठदेखी ओठसम्म’ पुग्नेगरी अभियानमुखी कार्यक्रम अगाडी बढाउनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा बोल्दै मन्त्रालयका कृषि सचिव डा.योगेन्द्रकुमार कार्की, पशुपंक्षी सचिव डा.प्रेमनारायण कँडेलले खाद्य स्वच्छता कायय गर्न सबैले विशेष ध्यान दिएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

वि.सं.२०७७ पुस १५ बुधवार १५:३२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...