back
NMB ad

पूर्णअशक्त दिदीबहिनीको पुनर्स्थापना

Kumari bank ad

काठमाडौं । जुम्लाको गुठिचौर गाउँपालिका –२ निवासी पूर्ण अशक्त निर्मला बुढा र विष्णुमाया बुढालाई मानवसेवा आश्रममा पुनर्स्थापन गरिएको छ ।

अपाङ्गता भएका उनीहरुको संरक्षणको अभाव भएपछि गाउँपालिका, स्थानीय प्रशासन, अपाङ्गता पुनर्स्थापना तथा विकास केन्द्रको पहलमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको मानवसेवा आश्रममा तत्कालका लागि पुनर्स्थापना गरिएको जनाइएको छ । उनीहरुको १२ वर्ष बढी समयमा जुम्लामा नै संरक्षण भइरहेको थियो ।

गुठिचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले १५ हजार तीन जनालाई यातायात खर्च र १० हजारको मानवसेवा आश्रमलाई कपडा वा कुनै सहयोगका लागि गरेर २५ हजार सहयोग गर्ने निर्णय भएको बताए आठ वर्षसम्म स्थानीय चन्दननाथ नगरपालिका– ३ निवासी सम्झना शाहीले घरमा उनीहरुलाई संरक्षण गरिरहेकि थिइन्।

उनी सदरमुकाम बाहिर रोजागारीको सिलसिलामा सिँजामा गएकाले संरक्षण अभाव भएको जनाउँदै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा र गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीसहितको सरोकारवाला निकायको स्थानीय प्रशासनमा बैठकले सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीको समन्वयमा आश्रममा पठाउने निर्णय गरेको थियो ।

गाउँपालिकाले आवश्यक कागजात पु¥याएर भाडासहित जहाजमा सुर्खेत पठाएपछि आश्रममा तत्कालका लागि व्यवस्थापन गरिएको महिला विकास अधिकृत ज्ञवालीले बताएकि छिन् ।

अपाङ्गता पुनस्र्थापन तथा विकास केन्द्रका अध्यक्ष नन्दराज धितालका अनुसार तत्कालीन समयमा जिविसको सहयोगमा जिल्लामै पुनर्स्थापना केन्द्र निर्माण गर्ने उद्देश्यले भवन शुरु गरिएको थियो । सङ्घीय संरचनापछि सो भवन अधुरो भएकाले अहिले सडकमा धेरै व्यक्तिलाई पुनर्स्थापना गर्न नसकिएको जनाइएको छ ।

वि.सं.२०७७ पुस १६ बिहीवार १४:२५ मा प्रकाशित

You can share this post!

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२३

काठमाडौँ, ६ जेठ : आज बिहान ११ बजे बस्नेगरी तय...